काठमाडौँ । कर्णाली प्रदेश सभाको सभामुख चयनका लागि माघ १ गतेको समय दिइएको छ।
सोमबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको दोस्रो बैठकले माघ १ गते सभामुख चयनका लागि निर्वाचन मिति तोकेको हो।
कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजे निर्वाचन तोकेका हुन्।
निर्वाचन सम्पन्न गर्नका लागि प्रदेश सभा नियमावली, २०७९ को नियम ७ (१) बमोजिम प्रदेश सभा सचिवालयले सोमबार नै सूचना जारी गर्दै छ।
कर्णाली प्रदेश सभाको अर्को बैठक माघ १ गते बिहान ११ बस्नेछ।