९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यसअघि सम्हालेकै मन्त्रालय दोहोर्‍याउन जसपाको माग

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरकारलाई समर्थन गरेसँगै सो पार्टीमा मन्त्रालय र मन्त्रीका विषयमा आन्तरिक छलफल सुरु भएको छ ।

जसपा सरकारमा जाने लगभग निश्चित छ । पार्टी सरकारमा जाने भएपछि केही नेता मन्त्रीका आकाङ्क्षी पनि देखिएका छन् । पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई आफू सरकारमा नजाने भएपछि श्रीमती सुशीला श्रेष्ठलाई पठाउने चर्चा बाहिर आएको छ । त्यस्तै मन्त्रीका लागि राज किशोर यादव, दीपक कार्की, नवलकिशोर साह, रेखा यादवको चर्चा रहेको छ । अर्का नेता रामसहाय यादवलाई संसदीय दलको नेता बनाइए पनि उनलाई सरकारमा पठाउने सम्भावना कम देखिएको सो पार्टीका नेताहरू बताउँछन् ।

जसपाले गठबन्धनमा यसअघि पाएका मन्त्रालय पुनः दोहोर्‍याउन गठबन्धनमा प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ । तीन वटा मन्त्रालयका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा पहल थालेको पार्टी निकट स्रोतले जनाएको छ । दुई वटा मन्त्रालय पाउने लगभग निश्चित भए पनि तीन वटाको दाबी गरेको श्रोतको भनाई छ ।

जसपाबाट प्रत्यक्षमा सात र समानुपातिकका ५ जना गरी १२ जना सांसद छन् । ‘१२ जना सांसद भएका कारण हामीले ३–४ वटा मन्त्रालय माग गर्नु जायज हो’ जसपाका एक कार्यकारिणी सदस्यले भने, ‘जसपाले मन्त्रालयका साथै उपराष्ट्रपतिमा पनि दाबी गरेको छ, यो कुरा पार्टीका अध्यक्षज्यूले प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष अ‍ोलीसमक्ष पनि राखी सक्नुभएको छ ।’

दुइटा मन्त्रालयसहित उपराष्ट्रपति वा ३ देखि ४ वटा मन्त्रालयमा जसपाले दाबी गर्ने ती नेताले बताए । कति वटा मन्त्रालय लिने, नलिने भन्ने विषयमा पार्टीमा हालसम्म कुनै छलफल नभएको जसपा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस