१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक छपाई सक्ने प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आगामी शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तकको छपाई सक्ने प्रतिबद्धता जाहेर गरेको छ । आगामी शैक्षिक सत्र मा पनि विद्यार्थीहरूले समयमै किताब नपाउने भन्दै चौतर्फीबाट चासो व्यक्त भइरहेका बेला जनक शिक्षाले भने पाठ्यपुस्तकको छपाई समयमै सक्ने बताएको हो । केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले पाठ्यपुस्तक छपाइको काम तिव्र गतिमा चलिरहेको बताए । आगामी शैक्षिक सत्र २०८० सालको पाठ्यपुस्तक समयमा नै छपाइ गर्ने कार्यमा केन्द्र पूर्ण प्रतिबद्ध रहेको उनको भनाई छ ।

हाल केन्द्रले तीनओटा नयाँ रङ्गिन छपाइ गर्ने वेब मेसिन जडान गरिसकेको र कागजको आपूर्ति पनि सहजै भइरहेको भन्दै शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुर्‍याउने उनको प्रतिबद्धता थियो । विभिन्न सञ्चारमाध्यमले केन्द्रका बारेमा अनावश्यक कपोकल्पित र भ्रामक समाचार प्रकाशित गर्ने गरेको उनको भनाई छ । कागज खरिद गर्ने, पाठ्यपुस्तक छपाइ गर्ने र पाठ्यपुस्तक बिक्री वितरण गर्ने केन्द्रको मुख्य कार्य रहेको भन्दै अनावश्यक हल्ला फैलाउने गरिएको उनको भनाई छ ।

केही दिन अगाडि प्रहरीले कम गुणस्तरको कागज बोकेका केही ट्रक नियन्त्रणमा लिएको थियो । केन्द्रले बोलपत्रमार्फत प्राप्त हुने कागजको नेपाल गुणस्तर तथा नापतौल विभाग, बालाजुमा परीक्षण गर्ने गरिएको उनको भनाई छ । परीक्षणको क्रममा तोकिएको गुणस्तर अनुसारको कागज भएमा मात्र प्रयोग गर्ने र नभएमा उक्त कागज आपूर्तिकर्तालाई फिर्ता गर्ने गरिएको उनको भनाई छ ।

यो कार्य केन्द्रले नियमित रूपमा गर्दै आएको र सामान्य विषय भएको बताए । ठेकेदारलाई फिर्ता गरेको कागज पुनः केन्द्रमा नै पठाइएको थियो । त्यसपछि प्रहरीले ती कागज नियन्त्रणमा लिएको थियो । उक्त विषयमा छानबिन भइरहेको दोषी ठहरिएमा कारबाही गरिने केन्द्रले जनाएको छ ।

कोरोना महामारी तथा युक्रेन-रुस युद्धका कारण विश्व बजारमा कागजको अभाव देखिएको छ । जसले गर्दा ठेकेदार कम्पनीले केन्द्रलाई प्रयाप्त मात्रामा कागज उपलब्ध गराउन सकेको छैन । पछिल्लो समय कागजको सहज आपूर्ति भइरहेकाले पाठ्यपुस्तक छपाइको काम तिव्र गतिमा अघि बढेको र नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक छपाई सक्ने बताए ।

गत वर्षसम्म केन्द्रले २ वटा मेसिनले मात्रै पाठ्यपुस्तक छाप्दै आएको थियो । तर, यो वर्ष ३ वटा मेसिन थप गरिएको छ । आगामी शैक्षिक सत्रका २ करोडभन्दा बढी पाठ्यपुस्तक छाप्नुपर्ने हुन्छ । हाल ३५ लाख पाठ्यपुस्तक छपाइको काम सकिएको छ । छपाइको काम तिव्र गतिमा चलिरहेको र समयमै पाठ्यपुस्तकको छपाई सकिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस