१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै छन्।

आज दिउँसो १ बजे प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले गिरीले विश्वासको मत लिन लागेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए। आज मुख्यमन्त्रीले विश्वासको मत लिने मात्र एजेन्डा रहेको उनले बताए। ​

सात दलीय गठबन्धनमा मन्त्रालय भागबन्डाको सहमति हुन न सकेका बेला मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिन लागेका हुन्। सात दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गत पुस २७ गते गिरी मुख्यमन्त्री नियुक्त भएका थिए।

पुस २८ गते गिरीले प्रदेशको राजधानी देउखुरीमा पद तथा गोपनियताको शपथ ग्रहण गर्दै दुई सदस्य विना विभागीय मन्त्रिपरिषद् गठन गरेका थिए। संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जनाको समर्थन छ।

मुख्यमन्त्री गिरीले विश्वासको मत लिएपछि मन्त्रीपरिषद् विस्तार गर्ने जनाएका छन्।

प्रतिक्रिया दिनुहोस