२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यमन्त्री गिरी दादुराको प्रकोप फैलिएको क्षेत्र जाँदै

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीको नेतृत्वमा एक टोली आज दादुरा-रुवेला प्रकोप फैलिएको बाँकेको नेपालगञ्ज जाँदैछ ।

दादुरा फैलिएको अवस्थाको अध्ययन तथा रोकथाम र नियन्त्रणको पहलका लागि मन्त्री गिरीसहितको टोली आज नेपालगञ्ज जान लागेको मन्त्रीका स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिए ।

मन्त्रीसँगै स्वास्थ्य सचिव डा रोशन पोखरेलसहित मन्त्रालयका उच्च अधिकारी जाँदै छन् । गत पुस १३ गतेदेखि नेपालगञ्ज उपमहानगरपालिकामा फैलिएको दादुरा अहिले कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका र डुडुवा गाउँपालिकामा समेत फैलिएको छ ।

अहिलेसम्म नेपालगञ्जमा दई सय बालबालिका सङ्क्रमित र एकको निधन भएको छ । यस्तै खजुरामा १८, कोहलपुरमा पाँच, नरैनापुरमा १५, डुडुवामा आठ बालबालिकामा दादुराको प्रकोप देखिएको छ ।

मन्त्रालयले दादुरा विरुद्धको खोप नलगाएकाले दादुरा–रुवेलाको प्रकोप फैलिएको जनाएको छ । मन्त्रालयले पुस २२ गतेदेखि प्रकोप फैलिएका ठाउँमा छ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइरहेको छ । अहिलेसम्म ४२ हजार नौ सय ७८ बालबालिकालाई खोप लगाउनुपर्नेमा लक्ष्यभन्दा बढी ४४ हजार चार सय दुई जनालाई खोप लगाइसकेको मन्त्रालयको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

सरकारले सन् २०२३ सम्म नेपाललाई दादुरा निवारण गर्ने लक्ष्य लिएको छ । अहिले बाँकेको नेपालगञ्जमा दादुरा देखिएकाले चुनौती थपिएको छ ।