१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाले युक्रेनलाई ३१ वटा शक्तिशाली युद्ध ट्यांक पठाउने

अ+ अ-

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप ३१ वटा शक्तिशाली युद्ध ट्याङ्क पठाउने निर्णय गरेको छ।

जर्मनी र केही युरोपेली देशले अत्याधुनिक लियोपार्ड-२ नामक लडाकु ट्यांक पठाउने घोषणा गरेको केही समयपछिनै अमेरिकाले पनि एम वन अब्राम ट्यांक पठाउने निर्णय गरेको बिबिसीले जनाएको छ।

रुसी आक्रमण विरुद्ध लड्नलाई पठाउने ट्यांक जर्मनीसँग सहकार्य गरेर परिचालन गरिने अमेरिकी अधिकारीले स्पष्ट पारेका छन्।

यसअघि जर्मनीले १४ वटा लियोपार्ड-२ ट्यांक पठाउने निर्णय गरेको थियो ।

युक्रेनले महिनौँदेखि सैन्य उपकरण पठाउन पश्चिमी सहयोगीहरूलाई लबिङ गर्दै आएको छ। रुसले युक्रेनमा आक्रमण थालेको आउँदो महिना एक वर्ष पुग्दैछ। एक वर्ष पुगेको मौकामा ठूलो बदला लिन युक्रेनले शक्ति सञ्चय गर्नुका साथै ठूलो विदेशी सहयोग चाहेको छ ।

युक्रेनकै योजना अनुसार युरोपेली देश र अमेरिकाले पनि अत्याधुनिक ट्यांक पठाउने निर्णय गरेका हुन्। आउँदो वसन्त याममा युक्रेनले रुसी सेनालाई आफ्नो देशबाट फिर्ता पठाउने लक्ष्यका साथ विभिन्न योजना बनाएको छ ।

जर्मनी र अमेरिकाले ट्यांक पठाउने निर्णय गरेपछि युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले खुसी व्यक्त गरेका छन्। ‘विजयको बाटोमा यो एउटा महत्त्वपूर्ण पाइला हो। आज युक्रेनको मुक्तिको लागि पहिले कहिल्यै नभएको जस्तो संसार एकजुट छ,’ उनले भनेका छन् ।

यसैबीच, रुसले यो कदमलाई उत्तेजक भनेर निन्दा गरेको छ। उसले आपूर्ति गरिएका सबै ट्याङ्कहरू नष्ट गरिनेसमेत दाबी गरेको छ। ‘जति महँगा भए पनि यी ट्याङ्कहरू अरू सबैजस्तै जल्छन्,’ राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले भनेका छन्।

उनले अगाडि थपेका छन्, ‘हामी युक्रेनलाई कुनै पनि हालतमा विदेशीको परेडस्थल हुन दिनेछैनौँ, जतिसुकै अत्याधुनिक हतियार भए पनि हामीले ध्वस्त पारिदिनेछौँ।’

राष्ट्रपति जो बाइडेनले बुधबार ह्वाइट हाउसमा निर्णयको घोषणा गर्दै भने, ‘उनी सुरुदेखि नै गलत थिए र अझै पनि गलत छन्।’

उनले युक्रेनलाई युद्धमा यी ट्याङ्कहरूलाई प्रभावकारी रूपमा टिकाउन आवश्यक पार्टपुर्जा र उपकरणहरू पनि दिइरहेका भन्दै यसले युक्रेनलाई आफ्नो भूमिको रक्षा गर्न मद्दत पुग्ने अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस