२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनसम्बन्धी ऐन संशोधनको तयारीमा छौँ : दिनेश थपलिया

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सुधारका लागि ऐन संशोधनको तयारीमा रहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनको सुधारका लागि निर्वाचन ऐन संशोधन मुख्य कुरा भएको औँल्याउँदै थपलियाले त्यसको संशोधन गर्ने कामलाई आयोगले अघि बढाएको बताएका हुन् । 

उनले भने, ‘हामी यही संसदमा एकीकृत निर्वाचन कानुन लिएर जाने तयारीमा छौँ । त्यसकारण तपाईहरुसँगको यो बसाई र त्यसपछिका सुधारका कुराहरू पनि त्यो ऐनलाई टेकेर ऐनमा के कुरा लिएर जाने, त्यो पनि हामी लिएर जान्छौँ । ‘

२०७४ सालको निर्वाचन पछि निर्वाचन आयोगको एक अध्ययन प्रतिवेदनले निर्वाचनको सुधारका लागि १४७ वटा क्षेत्रमा सुधार हुनुपर्ने र त्यसमध्ये ८२ वटा चाहिँ ऐन नै संशोधन गर्नुपर्ने भनेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धी ऐन संशोधन आयोगको मुख्य कार्यभारको रूपमा रहेको स्पष्ट पारे । त्यसका लागि सम्बन्धित निकायहरूसँग थप छलफल गरी ऐन संशोधनको एकीकृत मस्यौदा तयार पार्ने आफूहरूको योजना रहेको उनको भनाई थियो ।

उनले भने, ‘ अबको साँढे २ वर्षको अवधिमा २०७४ सालको निर्वाचनका एउटा सानो घटना म तपाईँहरूलाई बताउन चाहन्छु । निर्वाचन आयोगले मात्रै एउटा अध्ययन गरेर कति वटा सुधार गर्नुपर्छ भनेर प्रतिवेदन निकाल्दा १४७ वटा क्षेत्रमा सुधार गर्नुपर्छ भनेको रहेछ । ती मध्ये ८२ वटा कुरा चाहिँ ऐन मै संशोधन गरेर सुधार गर्नुपर्छ भनेर लेखिएको रहेछ । भनेपछि मेजर कुरा त ऐन छ ।’