२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालविवाह कसुरमा कैद

अ+ अ-

सप्तरी । पन्ध्र वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको कसुरमा एक अभियुक्तलाई शुक्रबार एक वर्ष तीन महिना कैद सजाय गरिएको छ ।

कञ्चनरुप नगरपालिका-११ गोरपारका ३६ वर्षीय चन्द्रनारायण धामीलाई कैद सजाय भएको अदालतका इजलाश अधिकृत कुमार सुवेदीले बताए । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई बहुविवाहको कसुरमा एक वर्ष र बालविवाहको कसुरमा तीन महिना कैद सजाय गरेको हो ।

यसैगरी आरोपितलाई बहुविवाहमा १० हजार र बालविवाहमा तीन हजार जरिवाना समेत भएको छ । यसका साथै आरोपितबाट फौजदारी कसुर पीडित राहत कोषमा चार सय जमा गर्नुपर्ने फैसला भएको छ । जेठी श्रीमती २१ वर्षीया मेनुकाकुमारी चौधरीले आरोपित श्रीमान्ले १५ वर्षीया बालिकालाई गत मङ्सिर १ गते विवाह गरी घरमा भित्र्याएको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएका थिए । प्रहरीले पुस २५ गते आरोपितलाई पक्राउ गरी उजुरी दर्ता गरेको थियो ।

जिल्ला अदालतले यही माघ १७ गते बालिकालाई सफाइ र धामीलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो । बहुविवाहसँग जोडिएको यो बालविवाहको घटनाबाहेक आर्थिक वर्ष २०७९/८० मा जिल्ला अदालतमा अन्य दुई बालविवाहका उजुरी दर्ता भएका छन् । बालविवाहको एउटा उजुरी परमादेशबाट दर्ता भएको छ भने अर्को सशस्त्र प्रहरीले भारत जाँदै गरेको नवविवािहत जोडीलाई नियन्त्रणमा लिएपछि प्रहरी प्रतिवेदनमा चलेको बालविवाहको मुद्दा रहेको छ ।

महादेवा गाउँपालिका-१ की बालिकालाई विवाह गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा बालिका र अन्य तीन जना भारतीय नागरिक यही माघ १७ गते पक्राउ परेका थिए । पक्राउपर्नेमा भारतको जम्मु काश्मीर घर भएका मो रफिक खार, नुर जहान र गुलाब जिलानी रहेको प्रहरीले जनाएको छ ।

खार र जहानले ४१ वर्षीय जिलानीलाई नेपाल ल्याएर १७ वर्षीया बालिकासँग विवाह गराइ भारततर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बनैनियाको टोलीले पक्राउ गरेको थियो । सशस्त्र प्रहरीको टोलीले जिल्ला प्रहरी कार्यालयमा जिम्मा लगाएपछि अनुसन्धानका क्रममा बालविवाह गरेको खुल्न आएकाले उनीहरूलाई बालविवाहसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।

ठुलो सङ्ख्यामा बालविवाह हुने सप्तरीमा २०७५ देखि २०७८ सालसम्म प्रत्येक वर्ष एक/एक उजुरी मात्र दर्ता र फर्छ्यौट भएको छ । अदालतको तथ्याङ्कअनुसार आव २०७८/७९ मा तीन उजुरी दर्ता भएकामा हाल दुई बालविवाहका मुद्दा चालु अवस्थामा छन् ।

कमजोर आर्थिक अवस्था, अशिक्षा र बालविवाहले पार्ने समस्याका बारेमा जानकारी नहुनाले ग्रामीण क्षेत्रका बालबालिका उमेरै नपुगी वैवाहिक जीवनमा जोडिने गरेको अधिकारकर्मीका भनाइ छ । मेची महाकाली बुहारी संयुक्त आवाजकी सदस्य मिरा गुरुङका अनुसार विभिन्न तथ्याङ्क र व्यवहारमा सबैभन्दा बढी घटना हुने बालविवाहको मुद्दा भने सबैभन्दा कम दर्ता हुने गरेको छ ।