१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वार्थ केन्द्रित विदेशी हस्तक्षेप बढ्यो : चित्रबहादुर केसी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नेपालका राष्ट्र प्रमुखदेखि कार्यकारी प्रमुख र दलका नेताहरू भारतीय विदेश सचिवको अगाडी लम्पसार परेको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता बिर्सेर उनीहरू साधारण कर्मचारीको अगाडी लम्पसार परेको बताए ।

“नेपालको राष्ट्र प्रमुख, सरकार प्रमुखलगायत विभिन्न तहमा भेटघाट भयो । राष्ट्र सानो ठूलो हुन सक्छ । नेपालको तुलनामा भारत सबै विषयमा ठूलो छ । तर, सार्वभौमसत्ता र भौगोलिक अखण्डताले राष्ट्र सानो ठूलो हुँदैन,” उनले भने, “नेपालबाट पूर्व प्रधानमन्त्रीहरू अथवा जिम्मेवार मन्त्रीहरू जाँदा भारतीय शासकहरूलाई भेट्नै सक्दैनन् । निराश भएर फर्किनु पर्छ । छिमेकका प्रमुखहरू आउँदा विदेशीको अगाडी किन लम्पसार परेको । राष्ट्रिय स्वाभिमानको बारेमा अलिकति पनि लाज लाग्दैन ?”

साथै, सांसद केसीले राष्ट्रपतिको चुनाव नजिकिएको अवस्थामा स्वार्थ केन्द्रित विदेशी हस्तक्षेप पनि बढेको बताए । उनले पहिले अप्रत्यक्ष रूपमा खेल्ने विदेशी शक्तिले अहिले प्रत्यक्ष हस्तक्षेप गर्न थालेको बताए ।

“राष्ट्रपति बनाउन शक्ति राष्ट्रपतिको चुनावमा अप्रत्यक्ष रूपमा हुने गर्थ्यो । अहिले प्रत्यक्ष रूपमा अनुकूल रूपमा बनाउन खेल खेलिरहेका छन् । हामीलाई लाज लाग्दैन विदेशी शक्ति राष्ट्रहरूको प्रमुख लम्पसार परेर दुनो सोझ्याउने काम गर्दा,” उनले भने ।

प्रतिक्रिया दिनुहोस