२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच वर्षभित्र प्रदेश राजधानीलाई नमूना सहर बनाउँछौँ : मुख्यमन्त्री गिरी

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आगामी पाँच वर्षभित्र नमूना सहरका रूपमा प्रदेशको राजधानीलाई विकास गर्ने बताएका छन्।

राजधानी कार्यान्वयनको क्रममा धेरै समस्याहरूको सामना गर्नु परे पनि आगामी पाँच वर्षमा प्रदेशबासीलाई नमूना राजधानी सहर हस्तान्तरण गर्ने मुख्यमन्त्री गिरीले दाबी गरे।

बुधवार प्रदेश स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले प्रदेशबासीलाई सुन्दर र नमूना राजधानी सहर हस्तान्तरण गर्ने अभियानमा सरकार लागेको बताए।

‘प्रदेश सरकार समृद्ध प्रदेश आत्मनिर्भर जनताको अभिभारा पुरा गर्न लागि परेको छ। मिनी नेपालका रूपमा रहेको लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट र नमूना प्रदेश बनाउने सरकारको अभियान रहेकोले सबैको साथ र सहयोगको अपेक्षा पनि गरेका छौँ,’ मुख्यमन्त्री गिरीले भने।

लुम्बिनीका समृद्धिका आधार कृषि र पर्यटन रहेकोले यिनैको माध्यमबाट आर्थिक समृद्धिको आधार खडा गर्ने र लुम्बिनीलाई समृद्ध प्रदेश बनाउने उनले दाबी गरे।

सरकार प्रशासनिक पूर्वाधार विकासमा लागेको उल्लेख गर्दै मुख्यमन्त्री गिरीले पूर्वाधार विकाससँगै जनताको जीवनस्तर उकास्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘जनताको जीवनस्तरमा सुधार नआउँदासम्म भौतिक पूर्वाधारले मात्र प्रदेश समृद्ध बन्न सक्दैन। सरकारले पूर्वाधारको विकाससँगै नागरिकको जीवनस्तरलाई पनि उकास्ने गरी काम गर्नेछ,’ मुख्यमन्त्री गिरीले भने।

अबको पाँच वर्ष सङ्घीयता कार्यान्वयन र प्रदेशका संरचना निर्माणका वर्ष रहने भन्दै उनले आफ्नो कार्यकालमा प्रदेशवासीले अपनत्व महसुस गर्ने गरी काम गरेर देखाउने दाबी गरे।

प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्री चेतनारायण आचार्यले एक महिनाभित्र प्रदेश सरकारका सबै काम राप्ती उपत्यका देउखुरीबाटै सञ्चालन गर्ने बताए।

प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको स्थापना दिवसमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ६१ जनालाई विभूषित गरिएको थियो।

संविधान दिवसको अवसरमा प्रदेश सरकारले घोषणा गरेका विभूषणहरू प्रदेश स्थापना दिवसको अवसर पारी वितरण गरिएको थियो।