७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खुला विश्वविद्यालयको ३ वटा डिन पदमा आवेदन खुला

अ+ अ-

काठमाडौँ । नेपाल खुला विश्वविद्यालयको डिन सिफारिस गर्न गठित समितिले ३ वटा संकायको डिन पदमा आवेदन माग गरेको छ ।

डेढ वर्षदेखि रिक्त सामाजिक शास्त्र तथा शिक्षा सङ्काय, व्यवस्थापन तथा कानुन सङ्काय र विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायको डिन पदमा सिफारिस समितिले आवेदन माग गरेको हो ।

कार्यकारी परिषद्ले डिन नियुक्तिका लागि सिफारिस गर्न गत साता समिति गठन गरेको थियो । सिफारिस समितिले आवेदन दिन सम्बन्धित सङ्कायसँग सम्बद्ध कुनै विषयमा विद्यावारिधि गरेको, विश्वविद्यालय तथा उच्च शिक्षाका क्षेत्रमा कम्तीमा १० वर्ष पूर्णकालीन प्राध्यापन गरेको, प्राध्यापक वा सह/प्राध्यापक पदमा बहाल रहेको हुनुपर्ने मुख्य मापदण्ड तोकेको छ ।

त्यसै गरी सङ्कायलाई प्राज्ञिक, प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्व गर्न सक्ने कार्यक्षमता पुष्टि गर्ने आधारसहितको अभिलेख, खुला शिक्षा, दूर सिकाइ तथा अनलाइन सिकाइ प्रणालीमा प्राध्यापन तथा व्यवस्थापन गरेको अनुभव पनि डिनका लागि चाहिनेछ ।

त्यस्तै खुला विश्वविद्यालय व्यवस्थापन बुझेको आधारसहितको विवरण, आवेदन दिएको संकायको डिन पदमा नियुक्त भएमा ५४ वर्षे कार्यकालमा गर्ने प्राज्ञिक र वित्तीय व्यवस्थापन एवं संस्थागत विकासको योजना २५०० देखि ३००० शब्दसम्ममा लेखेर पनि पेस गर्नुपर्नेछ ।

सिफारिस समितिका अनुसार तोकिएको मापदण्ड पूरा गरेका इच्छुक उम्मेदवारले एक हप्ताभित्रमा आवेदन दिन सक्नेछन् । समितिले निर्धारण गरेको कार्यविधि अनुसार धेरै अङ्क ल्याउने उम्मेदवारको योग्यता क्रम अनुसार सिफारिस गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस