२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘समयमा गुणस्तरीय काम नगरे हामी त्यतिकै हेरिराख्छौँ भन्ने नठान्नुहोला’

अ+ अ-

काठमाडौँ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कमलविनायक-नगरकोट सडकको भौतिक प्रगतिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार बिहान सडकको अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले सडकको ठेकेदार कम्पनीसँग छलफल गरेर थप निर्णय लिइने बताएका हुन् ।

सैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको सो सडकको पटक-पटक म्याद थप्दा पनि काम सम्पन्न हुन सकेको छैन । ‘यो सडकको सम्झौता २०१४ मा भएको हो । यो सन् २०१६ सम्ममा सम्पन्न गरिसक्नुपर्ने हो । तर, सो मिति सकिएको पनि सात वर्ष भइसकेको छ,’ मन्त्री श्रेष्ठले भने, ‘सडकको हालत हेरिरहनुभएको छ । जनताको असन्तुष्टि र आक्रोश पनि अनुभूति गर्नु भएको छ । यसमा हामी गम्भीर छौँ ।’

मन्त्री श्रेष्ठले यसअघि नै काठमाडौँका रुग्ण आयोजनाका बारेमा निर्माण व्यवसायीहरूसँग छलफल गरेको जानकारी दिए । त्यतिबेला नै समयमा काम नसक्ने निर्माण व्यवसायीहरूलाई चेतावनीसमेत दिइएको बताए । ‘करार खारेज गर्ने हाम्रो रुचि होइन । तर, तपाईँहरूले निश्चित समयमा काम पुरा गर्नैपर्छ । यसरी उपेक्षा गरिराख्ने, समयमा गुणस्तरीय काम नगर्ने हो भने हामी त्यतिकै हेरिराख्छौँ भन्ने नठान्नुहोला,’ उनले त्यति बेलाको छलफल भएको विषय सुनाए । उनले निर्माण व्यवसायीहरूलाई निश्चित समय थप दिएर सो समयमा काम पुरा नभए करार खारेज गर्ने अल्टिमेटम नै दिएको स्मरण गराए ।

श्रेष्ठका अनुसार सैलुङ कन्स्ट्रक्सनलाई गत जनवरीमा एक महिना थप गरी सो सडकको काम सक्न समय दिए पनि काम सन्तोषजनक नभएको बताए ।

एक्जिम बैंकको सस्तो ऋणमा सडक निर्माण भइरहेका कारण आजको अनुगमनमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए । त्यस्तै मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि पनि सामेल थिए ।