२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसइईको रजिष्ट्रेसन फारम खुल्यो

अ+ अ-

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले कक्षा ९ को रजिष्ट्रेसन फाराम खुला गरेको छ । कार्यालयले विद्यालयलाई विद्यार्थीको फाराम भर्दा पछिसम्म फरक नपर्ने गरी फाराम भर्न/भराउन अनुरोध गरेको छ ।

पनिकाले भनेको छ ‘विद्यालयहरूले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको नाम, थर, जन्म मिति, आमा, बाबुको नाम टिकसँग भरेरनभरेको रुजु गर्ने, गराउने र पछिसम्म फरक नपर्ने गरी प्रमाणित गर्ने ।’

धेरै विद्यार्थीहरू शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्म मिति, आमा, बाबुको नाम गलत भएको भन्दै सच्याउन आउने गरेकाले अगाडि नै सचेत गराएको बोर्डले जनाएको छ ।

शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा (साधारण, परम्परागत संस्कृत/वेदविद्याश्रम/गुरुकुलरमदर्सा/गोन्पा) र प्राविधिक धारतर्फ नियमित रूपमा अध्ययनरत विद्यार्थीहरूले २०८० सालको नियमित माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुनको लागि फारम भर्नुपर्नेछ ।

फाराम आजदेखि चैत मसान्तसम्म नियमित शुल्क र २०८० सालको वैशाख १५ गतेसम्म दोब्बर शुल्कमा भर्न भराउन सक्नेछन् ।

पनिकाको अनुसार अक्षराङ्कन पद्धतिबाट कक्षा ८ पूरा गरेको वा सो सरहको वार्षिक परीक्षामा उत्तीर्ण भएकाले फाराम भर्न सक्नेछन् ।

२०७२ देखि २०७७ सालसम्मका विद्यार्थीले अनिवार्य विषयमा न्यूनतम डीप्लस ग्रेड र २०७८ सालमा न्यूनतम डी ग्रेड प्राप्त गरेको ग्रेटसिट र जन्म दर्ता प्रमाणपत्र बुझाउनुपर्ने छ ।