२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसमा मन्त्री बन्न लबिङ तीव्र

अ+ अ-

काठमाडौँ । सत्तारोहणको पर्खाइमा रहेको नेपाली काँग्रेसभित्र मन्त्री बन्न सांसदले लबिङ तीव्र पारेका छन् । राष्ट्रपति निर्वाचनले सत्ता समीकरण उलटपुलट भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा सहभागी हुने काँग्रेसको तयारी छ । राष्ट्रपति निर्वाचनपछि मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।

आठ दलीय गठबन्धनमा मन्त्रिपरिषद् विस्तारबारे अनौपचारिक छलफल भइरहेको छ । बिहीबार प्रधानमन्त्री प्रचण्डलेपनि मन्त्रिपरिषद् विस्तारको गृहकार्य भइरहेको बताएका थिए । आठ दलीय गठबन्धनमा केन्द्र र सातै प्रदेशको सरकारका साथै संसदीय समिति सभापतिमा एकै पटक गठबन्धनभित्र सहमतिको तयारी छ ।

२५ सदस्यीय मन्त्रीमण्डलमा अहिले प्रधानमन्त्री, ५ मन्त्री र एक राज्यमन्त्रीको मात्र सहभागिता छ । प्रधानमन्त्री, ४ मन्त्री र एक राज्यमन्त्री माओवादीबाट छन् भने जनमत पार्टीबाट एक मन्त्री सरकारमा सहभागी रहेको अवस्था छ । बाँकी १६ मन्त्री र ३ राज्यमन्त्री आठ दलीय गठबन्धनमा सम्बद्ध ६ दलका लागि भागबण्डा हुने छ । काँग्रेस, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, लोसपा र जनमोर्चा सरकार बाहिरै छन् । सांसदको सङ्ख्याको अनुपातमा मन्त्रालय भागबण्डाको मापदण्ड बनाउनु पर्ने पक्षमा काँग्रेस छ । गृह वा अर्थ, परराष्ट्र र स्वास्थ्यसहित १० मन्त्रालयमा काँग्रेसको दाबी छ ।

काँग्रेसका सन्दर्भमा यसअघि एमालेले पाएको मन्त्रालय सङ्ख्यामा कम नहुने गरी गठबन्धनमा सहमति हुनेमा काँग्रेस नेताहरूको दाबी छ । यता जसपा र एकीकृत समाजवादीले तीन–तीन मन्त्रालयको दाबी गरेको गठबन्धनको छलफलमा सहभागी एक नेताले बताए । लोसपाले दुई मन्त्रालयको दाबी गरेको छ भने नागरिक उन्मुक्ति पार्टी रेशम चौधरी रिहा नभएसम्म सरकारमा नजाने अडानमा छ । यस्तै आठ दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सरकारमा सहभागी नहुने बताउँछन् । काँग्रेसले १६ मन्त्रालयमा १० मन्त्रालयको दाबी गरेको छ । तर काँग्रेसभित्र मन्त्री बन्न भने दुई दर्जन भन्दा बढी सांसदले लबिङ थालेका छन् ।

काँग्रेसमा उपसभापति धनराज गुरुङ, नेता प्रकाशमान सिंह, शशाङ्क कोइराला, सहमहामन्त्री किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार, प्रवक्ता प्रकाशशरण महत, एनपी साउद, रमेश रिजाल, प्रदीप पौडेल लगायतका शीर्ष नेता मन्त्री बन्ने दौडमा देखिन्छन् । यस्तै उदयशम्शेर राणा, शङ्कर भण्डारी, सञ्जय गौतम, रामहरि खतिवडा, वीरबहादुर बलायर, सीता गुरुङ, श्याम घिमिरे, अजय चौरसिया, सरिता प्रसाईँ, आरजु राणा, दुर्लभ थापा, ऐनबहादुर शाही, कान्ति सिजवाल लगायतका सांसदले पनि मन्त्रीका लागि लबिङ थालेका छन् । काँग्रेसमा नयाँलाई प्राथमिकता दिनुपर्ने आवाज उठेको छ ।

प्रचण्डको सरकारमा यसअघि एमालेले र माओवादीले नयाँलाई मन्त्रीमा प्राथमिकता दिएका थिए । सरकारको नेतृत्व गर्न एक जना शीर्ष नेतालाई पठाएर बाँकी मन्त्रीमा नयाँलाई अवसर दिनुपर्ने मत काँग्रेसमा बलियो छ । सांसदहरूले आफू निकट गुटको नेता मार्फत मन्त्री बन्न लबिङ गरेको देखिन्छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सांसदको ओहोर-दोहोर चलिरहेको छ । देउवाको सचिवालयका अनुसार सत्ता समीकरण फेरिएपछि बिहान र साँझको समयमा सांसदको भीड लाग्ने गरेको छ ।