७ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इथियोपियाका प्रतिद्वन्द्वी क्षेत्रीय सेनाबीच झडप, कैयौँ हताहत

अ अ+ अ-

अदिस अबाबा । दक्षिणी इथियोपियाका सोमाली र ओरोमिया क्षेत्रका सेना र विद्रोही लडाकूबीच हालैका दिनहरूमा भएका झडपमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ । 

क्षेत्रीय विवादको पृष्ठभूमिमा यो घटना भएको स्रोतहरूले शनिबार एएफपीलाई बताए । मङ्गलबारदेखि सुरु भएको लडाइँ शनिबार पनि जारी थियो । 

सोमाली लडाकुहरू सहरका ठूला भवनहरूबाट भारी हतियार चलाइरहेका छन् भने ओरोमियाका सैनिक बलहरू जवाफी कारबाही गरिरहेका छन्, आक्रमणमा दर्जनौँ मानिस हताहत भएका छन् ।” प्रत्यक्षदर्शी स्थानीय बासिन्दा वाको गनालेले एएफपीलाई टेलिफोनमार्फत् जानकारी दिए। 

अर्का स्थानीय हुसेन हल्केनोले भने, “झडपमा धेरै नागरिक मारिएका वा घाइते भएका छन्।” दुवै व्यक्तिसँगको टेलिफोन कुराकानीको पृष्ठभूमिमा गोली चलेको आवाज सुनिएको थियो । एएफपीले मृत्युको सङ्ख्या स्वतन्त्र रूपमा पुष्टि गर्न सम्भव नभएपनि घटनामा दर्जनौँ व्यक्त हताहत भएको बताइएको छ । 

प्रधानमन्त्री अबिय अहमद नेतृत्वको संघीय सरकारले अहिलेसम्म यी झडपबारे प्रतिक्रिया जनाएको छैन । केन्याको रेडक्रसमा काम गर्ने मालिक अदानले शुक्रबार केन्याली प्रसारक एनटीभीलाई बताए अनुसार घटनापछि कम्तीमा १० हजार मानिस लडाइँबाट भागेर सीमापार केन्या पुगेका छन् । 

इथियोपिया अफ्रिकाको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो, जहाँ करिब १३ करोड मानिस बसोबास गर्छन्। यसको विशाल भूभागमा विभिन्न सशस्त्र द्वन्द्व चलिरहेका छन्। 

केही वर्षदेखि सङ्घीय सरकार ओरोमिया र अम्हारा क्षेत्रका विद्रोही समूहहरूसँग देश द्वन्द्वमा फसेको छ, जुन देशका सबैभन्दा बढी जनसङ्ख्या भएका क्षेत्र हुन् । 

सन् २०२० देखि सन् २०२२ सम्म विनाशकारी युद्ध भइसकेको र केही समय पहिले महिनौँको तनावपछि शान्त बनेको उत्तरी टिग्रे क्षेत्रमा पनि फेरि लडाइँ सुरु भएको छ । 

छिमेकी इरिट्रियासँगको कूटनीतिक मतभेदले पनि अफ्रिकाको सीङ क्षेत्रका यी अस्थिर छिमेकी देशहरूबीच अर्को द्वन्द्वको डर बढाएको छ ।

0 Comments