२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राधिकरणद्वारा श्री एयरको उडान प्रतिबन्ध फुकुवा

अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरको उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। श्री एयरले शुक्रबार विज्ञप्ति जारी गर्दै पुनः सेवा सञ्चालनका लागि अनुमति प्राप्त भएको जनाएको छ।

‘विज्ञहरूको टोलीद्वारा यस एयरलाइन्सको सम्पूर्ण जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ, अपरेसन, सुरक्षा तथा कम्पनीको वित्तीय स्थिति र प्रशासनिक क्षमताको विस्तृत अध्ययन गरी श्री एयरलाइन्स उडानका लागि पूर्ण सुरक्षित भएकाले पुनः सेवा सञ्चालन गर्न अनुमति प्रदान भएको छ, ’श्री एयरका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

श्री एयरले हवाई सुरक्षाका लागि सबै मापदण्ड पूरा गर्ने प्रतिबद्धतासमेत जनाएको छ।

बिहीबार श्री एयरको काठमाडौँ-भैरहवा उडानमा रहेको जहाजको दायाँ इन्जिनमा आगो देखिएपछि तत्कालै काठमाडौँमा आकस्मिक अवतरण गराइएको थियो।

सम्बन्धित समाचार : काठमाडौँबाट भैरहवा उडेको जहाजमा आगो देखिएपछि आकस्मिक अवतरण

यही विषयलाई लिएर प्राधिकरणले जहाजको उडानयोग्य परीक्षणका लागि उडानमा प्रतिबन्ध लगाएको थियो। श्रीका ८ वटै जहाज शुक्रबार ग्राउन्डेड भएका थिए।

सम्बन्धित समाचार : श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक

परीक्षणमा केही खराबी नदेखिएपछि प्राधिकरणले उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरेको हो।