२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालाजु घटनामा जिम्मेवारी खोसिएका डिएसपीको बढुवा रोक्का

अ+ अ-

काठमाडौँ । प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वृत्त, बालाजुका पूर्वप्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन विष्टको तीन वर्ष बढुवा रोक्का गर्ने गरी कारबाही गरेको छ ।

यातायात व्यवसायीले १ फागुनमा गरेको प्रदर्शनमा व्यावसायिक जिम्मेवारी निर्वाह गर्न नसकेको निष्कर्षसहित विष्टलाई कारबाही गरिएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनुसार घटनाबारे छानिबन गर्न गठित डिआइजी मसाउद आलम खाँ नेतृत्वको समितिले दिएको सिफारिस अनुसार बढुवा रोक्काको निर्णय भएको हो ।

तत्कालीन समयमा प्रहरी वृत्त, सोह्रखुट्टेमा कार्यरत डिएसपी गणेशबहादुर बमलाई पनि सचेत गराउने निर्णय भएको छ । माछापोखरीमा प्रदर्शनकारीले प्रहरीको दुई वटा गाडीमा तोडफोड र आगजनी गरेका थिए । त्यति हुँदा पनि प्रहरीले प्रतिक्रिया जनाउन नसकेको आरोप लागेको थियो ।

प्रदर्शनकारीले विष्ट चढ्ने बा २ झ १४४ नम्बरको स्कर्पियोमा पनि तोडफोड र आगजनी गरेका थिए । घटनालगत्तै उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनलाई जिम्मेवारीबाट हटाएको थियो । प्रदर्शनका क्रममा यातायात व्यवसायीले ल्होत्से मलमा मोबाइल पसलमा लुटपाट समेत गरेका थिए । यो घटनामा प्रहरीले परिस्थितिको पूर्वमूल्यांकन गर्न नसक्दा चुक भएको छानबिन समितिको ठहर छ ।