९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से दोहोरो अङ्कले ओरालो

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव १५ अङ्कले ओरालो लागेर एक हजार नौ सय १५ दशमलब १४ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ६१ दशमलब ०१ मा सीमित भएको छ ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ । विभिन्न कम्पनीका ४३ लाख ४० हजार दुई सय ७० कित्ता शेयर एक अर्ब ४१ करोड ३१ लाख ७२ हजार आठ सय दुई मूल्यमा खरिद बिक्री भएका छन् ।

आजको कारोबारमा कारोबार रकमका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । बैंकको २१ करोड ७४ लाख ६४ हजार आठ सय ६८ बराबरको कारोबार भएको छ । साथै सिद्धार्थ बैंकको आठ करोड ३५ लाख ७१ हजार नौ सय ३३, हिमालयन डिस्टिलरीको चार करोड ४५ लाख ६३ हजार चार सय ७७, नबिल बैंकको तीन करोड ८४ लाख ६९ हजार दुई सय ३८ र शिवम् सिमेन्टको तीन करोड ७१ लाख ३९ हजार छ सय ३२ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार माया खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

एशिएन हाइड्रोपावर नौ दशमलब ९७, सिद्धार्थ बैंक आठ दशमलब ३४, बोटलर्स नेपाल तराई, पाँच दशमलब २१ र लिवर्टी इनर्जीकोे चार दशमलब २६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

त्यस्तै, युनिक नेपाल लघुवित्त सात दशमलब ४६, सिर्जनशिल लघुवित्त छ दशमलब ८३, खप्तड लघुवित्त छ दशमलब शून्य दुई, शुभम पावर पाँच दशमलब ७४ र एनआइसी एशिया बैंकको शेयर मूल्य पाँच दशमलब १२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस