काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका लागि केही गरौँ भन्ने इच्छा शक्तिका साथ काम गरिरहेको बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित आम जनता पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी एकता घोषणा कार्यक्रममा बोल्दै साहले प्रधानमन्त्रीको कार्यकालमा त्यसमा सुधार हुने र विकास तथा निर्माणको कामले गति लिने विश्वस्त रहेको बताए । उनले अहिले मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गरे ।
साहले भने, ‘अहिले प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ। उहाँले केही गरौँ भन्ने इच्छाशक्तिका साथ काम गरिरहनुभएको छ। हामीले आशा राखौँ–उहाँको कार्यकालमा यो चुनौतीहरूमा सुधार होस्। यो गतिहरूमा नयाँ रफ्तार समातोस् भन्ने विश्वास हामी प्रकट गर्न चाहन्छौँ।’







