२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिद्धबाबा सडक आजदेखि दैनिक ९ घण्टा अवरुद्ध हुने

अ+ अ-

भैरहवा । बुटवल पाल्पा सिद्धबाबा सडक आज (मंगलबार) देखी अवरुद्ध हुने भएको छ ।

सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रामा पिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य सुरु गरेकाले दैनिक २ पटक दिउँसो र राती सडक अवरुद्ध हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयले बताए ।

सुरुङ मार्ग निमार्णका क्रममा सडक माथिबाट खुकुला ढुङ्गाहरू पहरोबाट झरी कार्य गर्न जोखिम भएकाले खुकुला डुङ्गाहरू खसाल्न सडक यातायात आवागमन बन्द गर्ने निर्णय भएको र बन्दका समयमा बैकल्पिक सडक प्रयोग गर्न पनि प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् ।

सोमबार सरोकारवाला निकायहरू सँगको बैठकले राष्ट्रिय महत्त्वको सुरुङ मार्ग निर्माणमा सहजीकरण गर्न आवश्यक देखिएकोले मङ्गलवार बिहान ११ बजे देखि अपराह्न २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म अर्को सूचना जारी नहुँदासम्म सवारी साधन आवतजावत बन्द गरी सुरक्षित साथ कार्य गर्न स्वीकृति दिने निर्णय गरेको प्रजिअ पोण्डेयले जानकारी दिए।

सडक अवरुद्धका समयमा बेलवास– दोभान सडक खण्ड बैकल्पिक रूपमा प्रयोग गर्न पनि बैठकले आग्रह गरेको छ । साना तथा निजी गाडीहरू र अत्यावश्यक सवारी साधनहरूलाई उक्त बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । साथै उक्त सडकलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागी आवश्यक पूर्वाधार मर्मत कार्य गर्न परियोजनालाई आग्रह गरेको छ । रुपन्द्येहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयको अध्यक्षतामा बसेको बैठकमा रुपन्देहीका सुरक्षा निकाय , यातायात व्यवसायी , सञ्चारकर्मी , लगायतको सहभागिता रहेको थियो ।