१६ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३ महिना प्रधानमन्त्री र मन्त्रीहरूको अनुहार नै देख्न नपाए हुन्थ्यो : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।

बुधबार राजधानीमा आयोजित काँग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनमा महामन्त्री थापाले यो सरकारलाई हिँडेर कहीँ पुग्छु भन्ने छुट नभएको बताए ।

दौडिनुपर्ने सरकार अझै अलमलमा रहेको र प्रधानमन्त्री तथा मन्त्रीहरूमा ‘वार मेन्टालिटी’ नपाएको उनले बताए ।

उनले भने, ‘हाम्रो सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ । तर हाम्रो सरकारले दौडिन सुरु नै गरेन । अझै पनि कहिले तुना बानेर बस्छ, कहिले कुर्सी खोज्छ ।’

नागरिकमा भरोसा जगाउन सरकारले दगुर्न सुरु गरेर ‘गति पनि छ, लय पनि छ, सङ्कल्प पनि छ र काम पनि सुरु गर्‍यो भन्ने महसुस गराउन सक्नुपर्ने बताए । यसका लागि सजिलोसँग गर्न सकिने काम समेत सुरु नभएको उनको गुनासो छ ।

यसका लागि राष्ट्रपति, प्रधानमन्त्रीले अत्यावश्यकबाहेक खर्च कटौती सुरु गर्नुपर्ने उनले बताए । ‘प्रधानमन्त्रीले भन्न सक्नुपर्छ, राष्ट्रपतिले भन्न सक्नुपर्छ, सचिवालयमा १२र१५ जना सल्लाहकार राख्ने सुविधा दिएको छ, म ३ जना वा ५ जना राख्छु’, महामन्त्री थापाले भने, ‘अत्यावश्यक बाहेक खर्च कटौती गर्दैछौं । तर विकास खर्च पहिलाभन्दा सुधार गर्छौँ भनेर गयो भने थोरै भए पनि सुधार आउँछ ।’

सरकारले निर्माणको क्षेत्रमा ६० देखि ८० अर्ब रुपैयाँ तिर्न बाँकी रहेको भन्दै उनले यो रकम मात्र दिने हो भने बजार चलायमान हुने बताए । यसका लागि प्रधानमन्त्री र मन्त्रीहरूमा युद्ध लड्दाको जस्तो मानसिकता हुनुपर्ने भए पनि त्यो नपाएको महामन्त्री थापाले बताए ।

उनले भने, ‘मलाई त आजभोलि प्रधानमन्त्री र मन्त्रीहरूको समाचार आयो भने रिस उठ्छ त भन्दिन, नरमाइलो लाग्छ । फुर्सद कसरी पाउनुभयो भन्ने लाग्छ । प्रधानमन्त्री र मन्त्रीहरूले त यो बेलामा फोटो खिच्नुपर्दैन । ३ महिना जति प्रधानमन्त्री र मन्त्रीहरू कसैको पनि टेलिभिजनमा, अनलाइनमा अनुहार नै देख्न नपाए हुन्थ्यो । नराम्रो अर्थमा होइन । हामी छौँ नि फुर्सदमा ।’