धनगढी । कैलालीमा आइतबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चुरे गाउँपालिकाको-६ भिमदत्त राजमार्ग अन्तर्गत फल्टुँडेमा जिप दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय भानु ठकुन्नाको मृत्यु भएको हो ।
मेलकट्टेश्वर मावि चुरे–६ कैलालीमा अध्ययनरत ठगुन्नाको अत्तरियास्थित दुर्गालक्ष्मी मावि केन्द्रमा एसइई परीक्षामा सम्मिलित भई घर फर्कने क्रममा जिप दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा वर्ष १७ का हरिश धामी,वर्ष १८ की सरस्वती र वर्ष १६ का प्रकाश धामी परि घाइते भएका छन। घाइतेहरूको पदमा अस्पतालमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय फलटुडेका अनुसार घाइतेहरू पनि एसइई दिइएर घर फर्किइरहेका मेलकट्टेश्वर माविकै विद्यार्थी हुन् ।
जिपको स्टेरिङ्ग कन्ट्रोल गर्न नसक्दा नालीमा ठोक्किएर गाडी दुर्घटना भएको खुलेको छ । गाडी चालक नरसिँ धामीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।







