२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्डियन प्रिमियर लिग : चेन्नाईविरुद्ध राजस्थानको रोमाञ्चक जित

अ+ अ-

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले चेन्नाई सुपर किङ्सलाई ३ रनले पराजित गर्दै रोमाञ्चक जित हात पार्न सफल भएको छ ।

बुधबार राति भएको खेलमा रोयल्सले चेन्नाइलाई ३ रनले पराजित गर्दै रोमाञ्चक जीत हात पार्न सफल भएको छ । यो जीतसँगै रोयल्स ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

राजस्थानले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाएको थियो ।

त्यस्तै, चेन्नाईका लागि ओपनर डेभोन कन्वेले ३८ बलमा ६ चौकाका साथ ५० रनको अर्धशतकीय ईनिङ खेलेका थिए । अजिक्का राहानेले १९ बलमा २ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनीले १७ बलमा अविजित ३२ रन बनाएका थिए ।

रविन्द्र जडेजाले १५ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २५ रन बनाए । राजस्थानका लागि युजभेन्द्र चहल र रविचन्द्रन आश्विनले समान २र२ तथा सन्दीप शर्मा र एडम जाम्पाले समान एकरएक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । राजस्थानका लागि ओपनर जोस बटलरले ३६ बलमा १ चौका र ३ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।

देवदत्त पडिकलले २६ बलमा ३८ रन बनाउँदा रविचन्द्रन आश्विनले २२ बलमा ३० रन बनाएका थिए ।