काठमाडौँ । कर्णालीमा काँग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सांसद हिक्मत विष्टलाई दिइएको छ ।
बिहीबार दल नेता जीवनबहादुर शाहीले प्रमुख सचेतकको जिम्मेवारी कालिकोट (ख) बाट निर्वाचित सांसद विष्टलाई दिएका हुन् ।
प्रदेश सभामा यसअघि नेकपा माओवादीले मात्र सचेतक तोकेको थियो ।