काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७० जना पारमेडिक्स कर्मचारीको स्तर वृद्धि गरेको छ ।
यसअघि कागजात नमिलेर स्तर वृद्धि हुनबाट रोकिएका उनीहरूको सरकारले आइतबार स्तर वृद्धि गरेको हो ।
मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले गत्त वर्षको असारसम्ममा निवेदन दर्ता भई रोकिएका पारामेडिक्स तर्फका कर्मचारीको स्तर वृद्धि गरेको हो ।







