काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको छ ।
बैठकमा आज (सोमबार)बाट सरकारले प्रस्तुत गरेका आगामी वर्ष २०८०/०८१ को बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुने कार्यसूची रहेको छ ।
सोमबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म प्रि-बजेटमाथि छलफल गर्ने र २७ गते अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यक्रम तय भएको छ ।
आइतबार अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए ।
