८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाड्न हुँदैन : रास्वपा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न नहुने बताएको छ ।

रास्वपाका प्रवक्ता एवम् महामन्त्री डा.मुकुल ढकालले सोमबार विज्ञप्ति जारी गर्दै भूटानी शरणार्थी प्रकरणका आरोपितको राहदानी जफत गरी दोषीलाई कारबाही र पीडकलाई क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेका छन् । उक्त प्रकरण सङ्गठित ठगी र राज्यविरुद्ध अपराध भएको रास्वपाले जनाएको छ ।

‘यो घटनाले विश्वसामु स्वाभिमानी नेपालीको शिर झुकाएको छ, यस प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न हुँदैन, उक्त घटनाका सम्बन्धमा हालसम्म सरकार र नेपाल प्रहरीले उठाएका कदमप्रति हाम्रो साथ, समर्थन छ’, विज्ञप्तिमा भनिएको छ । रास्वपाले उक्त घटना भ्रष्टाचारको मुद्दामात्र नभई एक सङ्गठित ठगी र राज्यविरुद्ध अपराध भएको जनाएको छ ।

भूटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय समुदायमा नेपाल र नेपालीको छविमा आँच पुर्‍याएको भन्दै उक्त प्रकरणका बहु आयामिक पक्षलाई केलाएर अनुसन्धानलाई सोही ढङ्गले अगाडि बढाउन रास्वपाले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस