११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले राम्रा कामको सुरुआत गरेको छ : सञ्चारमन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण तथा जनअपेक्षा पूरा गर्नेगरी वर्तमान सरकारले राम्रा कामको सुरुआत गरेको बताएकी छन् । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको वार्षिक साधारण सभालाई आज यहाँ सम्बोधन गर्दै उनले सरकारले जनताका पक्षमा काम गर्ने पहलकदमी लिइरहेको बताइन् ।

सरकारले गरेका राम्रा काम जनतामाझ लैजान सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका भएको मन्त्री शर्माले बताइन् । ‘सरकारले राम्रो कामको सुरुआत गरेको छ’, उनले भनिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघिका दुई कार्यकालबाट सिकेर तेस्रो कार्यकाल सुजबुझका साथ अगाडि बढाएको मन्त्री शर्माको भनाइ छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र सिङ्गो देशको साझा उपलब्धि भएको उल्लेख गर्दै उनले पछिल्ला दिनमा जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्ने क्रम बढिरहेको बताइन् । ‘राजनीतिक उपलब्धिको रक्षा गर्न सञ्चारमाध्यमले सशक्त भूमिका निर्वाह गर्नुपर्छ’, मन्त्री शर्माले भनिन्–’गणतन्त्र, समावेशिता र सङ्घीयतामाथि चौतर्फी आक्रमण भइरहेको छ, यो व्यवस्थामाथि प्रहार गर्ने विरुद्ध एक हुन आवश्यक छ ।’

गणतन्त्र स्थापनापछि गुणात्मक उपलब्धि हासिल भएको उनको भनाइ छ । सरकार सञ्चार क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ भनेर लागिपरेको जिकिर गर्दै मन्त्री शर्माले भनिन्, ‘हिजो मात्रै सरकारले नीति कार्यक्रम ल्याएको छ, सञ्चारमाध्यमलाई ज्ञानको उद्योगका रुपमा विकास गर्ने, समानुपातिक विज्ञापनलाई कार्यान्वयन गर्न तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउन लागि परेका छौँ । सबै मिडियालाई व्यवस्थित गर्नुपर्छ । बजेटमार्फत थप व्यवस्थित गरिनेछ ।’

बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले सत्य तथ्यमा आधारित रहेर जनताका पक्षमा कलम चलाउन आग्रह गर्दै पेशागत जिम्मेवारी र दक्षता हेरेर कर्म गर्न सञ्चारकर्मीलाई सुझाव दिए । प्रेस सेन्टर नेपालका इन्चार्ज महेश्वर दाहालले राष्ट्रियता, जनता र उत्पीडित वर्गलाई केन्द्रमा राखेर पत्रकारिता गरिनुपर्ने बताए ।

प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाले नकारात्मक पत्रकारिताको प्रवृत्ति बढिरहेको अवस्थामा जनताको पत्रकारले त्यसलाई चिर्न सक्नुपर्ने बताए । प्रेस सेन्टरका उपाध्यक्ष ओपेन्द्र शर्माले श्रमजीवी जनताको हकहितका पक्षमा पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस