काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बेलुकी ६ बजेका लागि निर्धारण भएको छ। संसद सचिवालयले सूचना जारी गर्दै बेलुकी ६ बजेका लागि बैठक तय भएको जनाएको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको नाराबाजीपछि २० मिनेटका लागि स्थगित भएको बैठकको समय ३ बजेका लागि तोकिएको थियो। तर, सहमति नहुँदा बैठकको समय पुनः ६ बजेलाई तय भएको हो।
बुधबारको संसद् बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा सुन भनेर पित्तलको जलहरी राखिएको बताएपछि एमालेले आज संसद् अवरोध गरेको हो। एमाले सांसदले दाहालको उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन माग गर्दै नाराबाजी गरेका थिए।
आज जेठ ५ मा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका सवालको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने र आजै पारित गर्ने कार्यसूची तय भएको थियो।
