१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्य सम्पादनमा पहिलो बन्यो भरतपुर महानगर 

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका ३ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्याङ्कनका आधारमा भरतपुर महानगरपालिका पहिलो भएको छ । कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको भरतपुरले सङ्घ सरकारबाट ६१ लाख रुपैयाँ अनुदान प्राप्त गर्दा ललितपुरले ४९ लाख रुपैयाँ र काठमाडौँले ४८ लाख रुपैयाँ अनुदान वित्तीय हस्तान्तरण पाएका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बागमती प्रदेशका ३ महानगरपालिका र एक उपमहानगरपालिकालाई ४ अर्ब ६२ करोड २१ लाख रुपैयाँ विभिन्न अनुदान शीर्षकमा बजेट वक्तव्यमार्फत वित्तीय हस्तान्तरण गरेको छ ।

सरकारले समानीकरण, सशर्त, विशेष र समपूरक शीर्षकमा बागमतीका ३ महानगरपालिकाका लागि ३ अर्बभन्दा बढी अनुदान वित्तीय हस्तान्तरण गरेको छ भने प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौँडाका लागि एक अर्बभन्दा बढी रकमको वित्तीय हस्तान्तरणसहित बजेट विनियोजन गरेको छ ।

सरकारले काठमाडौँ, भरतपुर र ललितपुर महानगरपालिकाका लागि ३ अर्ब ४७ करोड ७१ लाख रुपैयाँ अनुदान हस्तान्तरण गरेको हो भने हेटौँडा उपमहानगरपालिकालाई एक अर्ब १४ करोड ५० लाख रुपैयाँ यो शीर्षकमा बजेट विनियोजन गरिएको छ ।

सबैभन्दा बढी काठमाडौँ महानगरपालिकाले २ अर्ब १४ करोड ३१ लाख रुपैयाँ, भरतपुर महानगरपालिकाले १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ र ललितपुर महानगरपालिका १ अर्ब १३ करोड ८७ लाख रुपैयाँ पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस