२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जलवायु परिवर्तनको न्यूनीकरणसँगै अनुकूलित हुनु सिकौँ’

अ+ अ-

गण्डकी । वातावरण र प्राणी जगतमा देखिएको चुनौतीको सामना गर्न सामूहिक प्रयास आवश्यक रहेको यहाँ आयोजित विभिन्न कार्यक्रममा जोड दिइएको छ ।

५१ औं विश्व वातावरण दिवसको अवसरमा पोखरामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा वक्ताले जलवायु परिवर्तनको न्यूनीकरणसँग अनुकूलित हुँदै अघि बढ्नुको विकल्प नभएको बताएका हुन् । ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरण मैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथका आयोजित कार्यक्रममा वक्ताले नकुहिने र जलाउँदा विषालु ग्यास उत्सर्जन हुने प्लाष्टिकजन्य सामग्रीको प्रयोग घटाउने अभियानमा सबै जुट्नुपर्नेमा जोड दिएका थिए ।

पोखरा महानगरपालिका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले नयाँ पोखरा सामुदायिक उपभोक्ता वन समूह उज्यालो डाँडा काहुमा आयोजित वृक्ष रोपण कार्यक्रमको शुभारम्भ गर्दै समूहले वन र वातावरणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए ।

वन क्षेत्रलाई मुलुकको समृद्धिको अभियानमा जोड्नुपर्ने आवश्यकता औँल्याउँदै उनले वन तथा वातावरण संरक्षणमा सबैसँग सहकार्य गरेर अघि बढ्न महानगर तयार रहेको प्रतिबद्धतासमेत व्यक्त गरे ।

पोखराबाट नजिकमा अवस्थास्थित महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको काहुडाँडालाई रङ्गीचङ्गी फूलहरूको डाँडाका रूपमा परिणत गरी थप पर्यटकको आकर्षण बढाउने लक्ष्यका साथ गुलमोहर, कल्की, जमारन्दा, टेकोमा, लालीगुराँसलगायत विभिन्न जातका सात सयभन्दा बढी बिरुवा रोप्ने कार्यक्रम रहेको वन समूहका अध्यक्ष इन्द्रकुमारी आचार्यले जानकारी दिए ।

त्रिपन्न घरधुरी उपभोक्ता एक सय ७५ रोपनी क्षेत्रफल रहेको उक्त वनको संरक्षणका लागि गण्डकी प्रदेश सरकारको २० लाख र स्थानीय जनसहभागी १२ लाख गरी कूल ३२ लाखको लागतमा वन क्षेत्रको संरक्षणका लागि पक्की पर्खाल लगाउने कार्य सुरु भएको उनको भनाइ छ ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेश अध्यक्ष कालीदास सुवेदी, पोखरा–११ का वडाध्यक्ष प्रेम कर्माचार्य, वातावरण महाशाखाका निर्मल भण्डारी, वातावरण प्रेमी चन्द्रबहादुर गुरुङलगायतले वातावरण सन्तुलन राख्न वन क्षेत्रको भूमिकाका बारेमा चर्चा गरेका थिए ।

डिभिजन वन कार्यालय कास्कीबाट निः शुल्करुपमा उपलब्ध गराइएका बिरुवा रोप्ने कार्यक्रममा वन उपभोक्तासहित विभिन्न सङ्घसंस्थाका प्रतिनिधि एवं विद्यार्थीको बृहत् सहभागिता थियो ।

अवसरमा डिभिजन वन कार्यालय कास्कीको आयोजना एवं पोखरा–२८ मैदीपोखो सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा वृक्ष रोपण कार्यक्रमको आयोजना गरियो ।

उक्त वन क्षेत्रमा विगतमा गएको ठूलोपहिरोको संरक्षणका लागि बायोइञ्जिनियरिङ प्रविधिको प्रयोगसहित बाँस रोपण अभियान सुरु गरिएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले जानकारी दिए ।

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे वृक्ष रोपण कार्यक्रमको शुभारम्भ गर्दै नेपालमा ४५ प्रतिशत वन क्षेत्र रहेको उल्लेख गर्दै यसबाट वातावरणीय तथा कार्बन सञ्चितिमा महत्त्वपूर्ण योगदान रहेको विश्वास व्यक्त गरे ।

सो अवसरमा स्थानीय मुरली बाँसका पाँच सयभन्दा बढी बिरुवा रोपिएको थियो । पहिरो क्षेत्रमा अघिल्लो वर्षसमेत बाँस, तेज पातलगायतका विभिन्न प्रजातिका तीन सय बिरुवा रोपिएको थियो । रोपिएका बिरुवामध्ये ८० प्रतिशत हुर्केको सामुदायिक वन उपभोक्ता महासङ्घ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले जानकारी दिए ।

विश्व वातावरणका अवसरमा पोखरा सहर तथा आसपासका क्षेत्रमा विभिन्न विद्यालयका विद्यार्थी, सङ्घसंस्था लगायतले फोहर सङ्कलन एवं व्यवस्थापनसँगै वातावरणसम्बन्धी विविध चेतनामूलक कार्यक्रमको आयोजना गरेको थिए ।