काठमाडौँ । किर्गिस्तानमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको पहिलो खेलमा नेपालले मंगोलियासंग खेल्ने भएको छ ।
काभाले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले भोली आइतबार पहिलो प्रतिद्वन्द्वी मंगोलियाको सामना गर्नेछ ।
यस्तै नेपालले दोस्रो खेलमा सोमवार किर्गिस्तानसँग खेल्ने तालिका रहेको छ । नेपालले तेस्रो खेलमा मंगलवार इरान, चौंथो खेलमा बिहीबार तुर्किमिनिस्तान र अन्तिम तथा पाँचौं खेलमा किर्गिस्तानको ’बी’ टोलीसँग खेल्ने छ ।
नेपाली टोली शनिवार किर्गिस्तान पुगिसकेका छन् । काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।