१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिलाई सङ्लो बनाउने अभियानमा एमाले छ : गोकर्ण विष्ट

अ+ अ-

लेखनाथ । नेकपा (एमाले)का सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले राजनीतिलाई सङ्लो बनाउने अभियानमा एमाले रहेको बताएका छन् ।

प्रेस चौतारी गण्डकीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्र केही नेताले गल्ती गर्दैमा सबै नेतालाई मुछ्न नमिल्ने बताए । नेता विष्टले भने, ‘पार्टी अनुशासन विपरीत कोही आपराधिक क्रियाकलापमा लाग्छ भने त्यस्ता नेतालाई पार्टीले संरक्षण नगरी तुरुन्त निलम्बन गर्छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणका सन्दर्भमा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न उनले सरकारलाई सुझाव दिए ।

नेकपा एमालेको हालै सुम्पन केन्द्रीय कमिटी र जिल्ला अध्यक्षको बैठकले नागरिकप्रति जिम्मेवार हुँदै नागरिकका मुद्दा सूक्ष्म रूपमा उठाएर हरेक क्षेत्रमा हुने भ्रष्टाचारको भण्डाफोर गर्ने नीति तय गरेको नेता विष्टको भनाइ थियो ।

पार्टीभित्र उन्नत प्रकारको लोकतान्त्रिक अभ्यास गर्दै राजनीतिलाई मर्यादित र सम्मानित बनाउने पक्षमा एमाले रहेको उनले बताए । नेपाली जनताको जीवनस्तर उकास्ने पार्टीको मुख्य उद्देश्य रहेको बताउँदै उनले युवा वर्गलाई राजनीतिप्रति आकर्षण गर्ने लक्ष्य पार्टीको रहेको जनाए ।

नेपाली युवालाई नेपालमा नै अडिन सक्ने वातावरण सृजना गर्न एमालेले युवा लक्षित विभिन्न कार्यक्रम ल्याउने नेता विष्टले बताए । आर्थिक अवस्था कमजोर भएका नागरिकको समृद्धिका लागि एमाले सधैँ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले युवाको हितका लागि नयाँ ढङ्गबाट काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्नेमा जोड दिँदै उनले यसका लागि सम्बन्धित निकायमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रमको अध्यक्षता प्रेस चौतारी गण्डकी प्रदेशका अध्यक्ष इन्द्र पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस