२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इटालीको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या २६७, उद्वार जारी

अ+ अ-

इटालीमा गएको बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको सङ्ख्याको २६७ छ । इटालीको नागरिक प्रतिरक्षा विभागले शुक्रबार बिहान सो जानकारी दिएको छ ।

उद्वारको कार्य जारी रहेको छ र उद्वारकर्मीहरूका अनुसार अझै पनि केही व्यक्ति पुरिएर रहेका अनुमान गरिएको छ । सो भूकम्पका कारण सयौँ घर ध्वस्त भएको बताइए पनि अझै क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

अमात्रिसमा मात्र २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको यहाँका मेयर सर्गीओ पिरोजीले बताएका छन् ।

इटालीको अमात्रिस गाउँको जनसङ्ख्या करिब २ हजार ५०० मात्र रहेको छ । भूकम्पले अति प्रभावित यस इलाकामा बढी क्षति भएको बताइएको छ ।

अमात्रिस गाउँमा अवस्थित होटेल रोमामा बसेका करिब ३२ जना पाहुना बेपत्ता रहेका अन्तराष्ट्रिय समाचार समितिहरुले हिजो जनाएका थिए । उनीहरु भूकम्पले ढालेको भग्नाबशेषभित्र परेका जनाइएको छ ।

बुधबार बिहान सवेरै ६.२ रिक्टर स्केलको भूकम्प गएको थियो । उद्वारकार्य जारी रहेको छ र हताहत हुने व्यक्तिहरूको सङ्ख्या अझै बढ्ने पनि बताइएको छ ।

सो भूकम्पमा परी ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

इटालीको नागरिक प्रतिरक्षा विभागले दिएको जानकारीअनुसार भूकम्पको उद्धारमा खटिएका उद्धारकर्मीहरूले अझै पनि धेरै व्यक्ति भग्नावशेषमा पुरिएर रहेका हुनाले मृतकको सङ्ख्या बढ्न पनि सक्ने बताएका छन् ।

इटालीका दुर्गम गाउँहरू उमरिया, मार्के र लाजियोमा यस भूकम्पले बढी क्षति पु¥याएको बताइएको छ ।

इटालीमा सन् २००९ पछिको यो सबैभन्दा शक्तिशाली भूकम्प हो । सन् २००९ मा यहाँ गएको भूकम्पमा परी कम्तीमा पनि ३०० जनाको ज्यान गएको थियो ।

चिनियाँ उद्वारकर्मी इटाली पुगे

यसैबीच चिनियाँ उद्वारकर्मीको एक समूह बिहीबार साँझ इटालीको भूकम्प प्रभावित इलाकामा पुगेको बताइएको छ ।

बिहीबार साँझ त्यहाँ पुगेको सो उद्वार टोलीले उद्धारकार्य सुरु गरिसकेको सरकारी स्रोतले जानकारी दिएको छ ।

पूर्वी चीनको जेजिआङ्ग प्रान्तको रम युनियन नामक उद्वार समूहको तर्फबाट गएको सो टोलीका तीन व्यक्ति तत्काल उद्धारकार्यमा लागेका प्रान्तीय नागरिक मामिला विभागले जानकारी दिएको छ ।

मध्य इटालीको पहाडी इलाकामा गएको ६.२ रिक्टर स्केलको भूकम्पमा परी कम्तीमा २६७ व्यक्तिको मृत्यु भएको छ । चीनको जेजिआङ्ग प्रान्तको रम युनियन नामक उद्धार समूहतर्फबाट गएको सो उद्धार समूहमा दुई जना चिकित्सकसहित १६ जना रहेका छन् । रासस÷सिन्ह्वा

0 Comments