काठमाडौँ । कोशी प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदै छन् । प्रदेशसभा सचिवालयले बैठकको कार्यसूची सार्वजनिक गरेको छ ।
कार्यसूचीअनुसार बैठकको सुरुमा अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरिनेछ । त्यसपछि प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरिनेछ ।
त्यसपछि मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ।
नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन लागिएको हो । कार्कीलाई हाल नेकपा (एमाले) बाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मात्र साथ छ ।
