२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बस्ती जोगाउन बुङखोलाको व्यवस्थापन गर्दै कालिका नगरपालिका

अ+ अ-

काठमाडौँ । चितवनको कालिका नगरपालिकाले बस्ती डुबानबाट जोगाउनका लागि बुङखोलाको व्यवस्थापन गर्ने भएको छ । नगरपालिकाको ५ वटा वडाका बस्ती बर्सेनि डुबानमा पर्दै आएकाले वडा नं ७ मा पर्ने बुङखोलालाई थाङखोलामा मिसाउने गरी व्यवस्थापनको काम सुरु गरिएको हो । 

बुङखोलादेखि थाङखोला सम्म नहर निर्माण गर्ने कार्य भइरहेको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी दिए । उनका अनुसार बुङखोलाका कारण वर्षायाममा कालिका नगरपालिकाको वडा नं १, २, ३ , ६ र ७ का केही बस्ती डुबानमा पर्दै आएका छन् । ती बस्तीलाई जोगाउन बुङखोलामा पानीको सतह बढेको बेलामा केहीमात्रामा पानी थाङखोलातर्फ पठाइनेछ ।  

उनले भने, “वर्षायाममा बुङखोलाका कारण हरेक वर्ष नगरपालिका- १, २, ३ ६ र  ७ वडाका केही बस्ती डुबानमा पर्दै आएका छन्, ती बस्तीलाई डुबानबाट बचाउन पानीको बहाब बढेका बेला आवश्यकताअनुसार केही मात्रामा थाङखोलातर्फ पठाउन नहर निर्माण गरेका हौँ, थाङखोलातर्फ असर नपर्ने गरी नहरले धान्न सक्नेगरी व्यवस्थापन गर्नेछौँ ।” खोलामा तटबन्धन गरेर खेत, बस्तीलाई सुरक्षित बनाउने र सिँचाइका लागि आवश्यक परेको ठाउँबाट कुलो निर्माण गरेर पानी लैजाने उनको भनाइ छ । 

अहिले उपभोक्ता समिति बनाई गरी रु. ९५ लाखको  लागतमा  बुङखोलादेखि थाङखोला सम्मको सात सय मिटरको नहर निर्माण कार्य भइरहेको छ । कालिका नगरपालिकाको रु. ७० लाख र सिँचाइ विकास डिभिजन कार्यालय चितवनबाट रु .२५ लाख गरी रु. ९५ लाखको लागतमा नहरको नयाँ ट्र्याक खोल्ने काम भइरहेको प्रमुख  रेग्मीले बताए । 

उनका अनुसार नयाँ ट्र्याक खोल्ने काम असार मसान्तसम्म सम्पन्न हुनेछ । बुङखोलाको पानी  पूर्णरुपमा संरचना निर्माण  भएपछि अगामी वर्ष मात्र थाङखोलामा मिसाइनेछ । कालिका  नगर  क्षेत्रकै  गौरवको आयोजनाका रूपमा सुरु गरिएको थाङखोला-बुङखोला  व्यवस्थापन आयोजनाका लागि सङ्घीय सरकारबाट समेत रु एक करोड ५० लाख विनियोजनसमेत भएको उनले बताए ।  

उनले भने, “हामीले बुङखोला-थाङखोला व्यवस्थापनको आयोजनालाई  गौरवको आयोजनाका रूपमा काम सुरु गरेका छौँ, यस पटक बुङखोलादेखि थाङखोलासम्म नहरको नयाँ ट्याक खोलिनेछ, यो नहर पूर्णरुपमा संरचना निर्माण भइसकेपछि आगामी वर्ष मात्र सञ्चालन गरिनेछ, सङ्घीय सरकारबाट रु.एक करोड  ५० लाख बजेट विनियोजन भएको छ ।”

प्रमुख रेग्मीका अनुसार बुङखोला व्यवस्थापनका लागि निर्माण गरिएको नहरलाई सिँचाइ कुलोका रूपमा पनि प्रयोग गरिनेछ । बुङखोलातर्फ पर्ने वडाका बस्तीलाई  डुबानबाट जोगाउने र सिँचाइका लागि प्रयोग हुने उनको भनाइ छ ।   

थाङखोला-बुङखोला व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष टीकाराज  रिजालका अनुसार  बुङखोलालाई  वडा नं ३ मा पर्ने थाङखोलामा झारेर खगेरी खोलामा मिसाउने गरी तयारी गरिएको छ । बुङखोलादेखि खगेरी खोलासम्म ६.५ किलोमिटर रहेको छ । १३ वटा स्पर निर्माण गरी खगेरी खोलासम्म संरक्षण गर्ने काम अघि बढाइएको उनले  बताए ।  उनका अनुसार बुङखोलादेखि थाङखोलासम्म तटबन्धसहित नयाँ ट्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ । अहिले ग्याबिङ, स्पर बनाउने, खोलालाई चाक्लो बनाउने काम भइरहेको उनले बताए । 

बुङखोला सोली आकारको भएकाले माथिबाट आएको पानीले निकास नपाउँदा बर्सेनि बस्ती डुबानमा पर्ने गरेको उनको भनाइ छ । यो आयोजना सम्पन्न भएपछि बस्ती डुबानबाट बच्नका साथै सिँचाइको सुविधासमेत हुनेछ ।   

उनले भने, “बुङखोला सोली आकारको छ, माथातिरको भाग ठूलो र निकास हुने भाग साँघुरो छ, जसले गर्दा बर्सेनि वर्षायाममा बस्ती डुबानमा पर्दै आएको छ, यो नहर निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि बस्ती डुबानबाट बच्नेछ भने सिँचाइको सुविधा पनि पुग्नेछ ।”

वडा नं ३ का वडाध्यक्ष वीरेन्द्र तामाङका अनुसार विस २०५६ मै  बुङखोलालाई थाङखोलामा मिसाउने कार्य सुरु भएको थियो । तर तत्कालिन जुटपानी गाविसले कुलो मासिन्छ भनेर काम रोकिदिएका थिए । 

स्थानान्तरण गरिएको नयाँ पदमपुर बस्तीलाई जोगाउन बुङखोला र थाङखोलालाई व्यवस्थापन गर्ने गरी पदमपुर बस्ती स्थानान्तरण आयोगले  विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर०  गरी काम सुरु गरेका थिए । त्यति बेला नहर निर्माणका लागि हाल काम भइरहेकै स्थानमा जङ्गल फँडानी गरेर काम सुरु भए पनि निरन्तरता पाउन सकेका थिएनन् । बर्सेनि वर्षा लागेपछि जुटपानी र पदमपुरका बस्ती डुबानमा पर्दै आएको छ । बस्ती जोगाउन र सिँचाइका लागि नहर निर्माण गरी बुङखोलालाई व्यवस्थापन गर्न लागिएको वडाध्यक्ष तामाङ बताए ।