२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिहार सुरु, आज काग तिहार

अ+ अ-

काठमाडौं । हिन्दू नेपालीको दोस्रो ठूलो पर्व तिहार आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीमा सुरु हुने तिहार कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइन्छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज दैनिक काम स्थगित गरी बहिनी यमुनाबाट भाइटीका ग्रहण गर्ने भएकाले यसलाई यमपञ्चक भनिएको हो ।

यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी काग तिहार मनाइँदैछ । धार्मिक मान्यता अनुसार कागलाई यमराजको सन्देशवाहक तथा यमदूतका रूपमा मानिन्छ ।

यमपञ्चकको दोस्रो दिन कुकुर, तेस्रो दिन लक्ष्मी तथा गाई, चौथो दिन गोरु र अन्तिम दिन दाजुभाइको पूजा गर्ने प्रचलन छ ।

किम्बदन्ती अनुसार वैदिक कालमा भगवान विष्णु खुसी भई बलिराजालाई कात्तिक कृष्ण पक्षका अन्तिम पाँच दिन तीनै लोकको राज्य गर्न पाउने वरदान दिएको र बलि राजाले राज्यभरी दीपावली गरी झकिझकाउ बनाएको कथा जोडिएको छ ।

यमपञ्चकको अन्तिम दिन भाइ टीका गर्ने प्रचलन छ । दाजुभाइ र दिदीबहिनीले आपसी स्नेह, सत्कार र पूजा गरी भाइटीका मनाउँदा दाजुभाइको आयु, कीर्ति, सुख र सम्पन्नता वृद्धि हुने जनविश्वास छ ।

0 Comments