९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा ‘गाई ब्लक विकास’ कार्यक्रम

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत सञ्चालित ‘गाई ब्लक विकास’ कार्यक्रम जिल्लामा प्रभावकारी बनेको छ ।आर्थिक वर्ष २०७८/०७९ देखि सुरु भएको सो कार्यक्रम चालु आर्थिक वर्षसम्म रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले बताइन् । उनले किसानलाई यस कार्यक्रममार्फत गाईको दूध बेचेरै जीविकोपार्जन गर्नसमेत मद्दत गरेको बताइन् । उनले इलाम र झापा गरी दुई सहकारीमार्फत यो कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । 

अर्जुनधारा नगरपालिका-१ खुदुनाबारीका अधिकांश किसानले सोही कार्यक्रममार्फत गाईको दूध बेचेरै जीविकोपार्जन गरिरहेका छन् । उनीहरूलाई हाम्रो स्वालम्बी उद्यमी महिला सहकारी संस्थाले दूध खरिद गरेर सहयोग गरेको छ । सहकारीमार्फत नै प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गतको ‘गाई ब्लक विकास कार्यक्रम’ समेत सञ्चालन भइरहेको छ । गाई ब्लक विकास कार्यक्रम सञ्चालनका लागि केन्द्रले पहिलो वर्ष रु ७० लाख र दोस्रो वर्ष रु ३० लाख गरी रु एक करोड अनुदानसमेत प्रदान गरेको छ । सो रकम सहकारीले किसानलाई गाई गोठ निर्माण, उन्नत जातका गाई खरिद, लगायतका औजार खरिदका लागि अनुदान प्रदान गरेको केन्द्रकी प्रमुख शीतल भट्टराईले बताइन् । 

विसं २०७५ देखि सञ्चालन गरिएको सहकारीले पालिका र वडाको आर्थिक सहयोगमा २०७७ सालमा दूध सङ्कलन केन्द्र सुरु गरेको थियो । पालिकाले रु आठ लाख र वडाले रु दुई लाख सहयोग प्रदान गरेपछि दूध सङ्कलन केन्द्र सुरु गरिएको सहकारीकी व्यवस्थापक सुशीला तामाङले बताइन् । 

“सुरुमा केन्द्रमा ३५ लिटर मात्र दूध सङ्कलन हुन्थ्यो”, उनले भने, “गाई ब्लक सञ्चालन गरेसँगै अहिले दैनिक एक हजार लिटर बढी दूध सङ्कलन हुन्छ ।” उनले हाल वडा नम्बर १ का हरेक घरमा दुईदेखि १० वटासम्म उन्नत जातका गाई पालन भइरहेको बताइन् । सुरुमा नुन तेलका लागि मात्र दूध बेच्न किसानको अहिले जीविकोपार्जन नै यसैबाट भएको उनले बताइन् । 

उनले सोही कार्यक्रमअन्तर्गत ४४ जना किसानलाई आधुनिक गोठ निर्माणमा, ३९ जना किसानलाई उन्नत जातको गाई खरिदका लागि रकम उपलब्ध गराएको बताइन् ।  व्यवस्थापक तामाङले किसानले उत्पादन गरेको दूध सहकारीले घरघरबाटै रु ६० देखि ८० सम्ममा खरिद गर्दै आएको बताइन् । उनले भनिन्, “मिल्क एनलाइजर लगाएर हेर्छौं सोही अनुसार किसानले दूधको मूल्य पाउनुहुन्छ ।” सहकारीले आफ्ना शेयर सदस्यलाई समेत गाई पालनका लागि ११ प्रतिशत ब्याजदरमा रु दुई लाखसम्म ऋण लगानी गर्दै आएको बताइन्। 

उनले सहकारीले सङ्कलन गरेको दूध मेचीनगर नगरपालिकामा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित ‘एनएमसी डेरी’लाई बिक्री गर्दै आएको बताइन् ।  सहकारीमा हाल दुई हजार ११ जना शेयर सदस्य छन् । कार्यक्रममा शेयर सदस्य नभएका व्यक्तिलाई समेत समावेश गरिएको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस