काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालय व्यवस्थापन समिति (विव्यस) का अध्यक्षहरूले वडाध्यक्षलाई विव्यस अध्यक्ष बनाउने निर्णय सच्याउन माग गरेका छन् ।
३० असारको नगरसभाले सामुदायिक विद्यालयका व्यवस्थापन समिति भङ्ग गरी वडाध्यक्षलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । उक्त निर्णयप्रति विद्यालयका अध्यक्ष र प्रधानाध्यापकले असन्तुष्टि जनाएका छन् । सोमबार महानगरका सबै ७९ सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको बैठकले महानगरले विद्यालय व्यवस्थापन र सञ्चालनमा ठाडो हस्तक्षेप गरेको निष्कर्ष निकालेको छ ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष गुणराज मुक्तानले सामुदायिक विद्यालय समुदायको हातबाट खोसेर राजनीतिक हस्तक्षेप बढाउन खोज्नु स्वीकार्य नहुने बताए । यो निर्णय तत्काल सच्याएर अभिभावक मार्फत विव्यस गठनको प्रबन्ध गर्नुपर्ने उनले बताए ।