काठमाडौँ । भारत र वेस्ट इन्डिजबीचको तेस्रो तथा निर्णायक एक दिवसीय खेल आज हुँदैछ । यो खेल ब्रायन लारा मैदानमा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ ।
घरेलु टोली वेस्ट इन्डिजले दोस्रो एक दिवसीयमा भारतलाई ६ विकेटले हराएर शृङ्खलामा एक-एकको बराबरी गरेको छ ।
भारतले दोस्रो खेलमा विराट कोहली र रोहित शर्मालाई विश्राम दिएको थियो । एक दिवसीयमा वेस्ट इन्डिजले भारतलाई हराएको यो चार वर्षयताको पहिलो खेल थियो । योसँगै वेस्ट इन्डिजले भारतसँग लगातार नौ हारको शृङ्खला अन्त्य गरेको छ । आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ ।
यसपछि भारत र वेस्ट इन्डिजबीच पाँच टी-२० खेल हुनेछ । पहिलो टी-२० खेल पर्सि बिहीवार हुनेछ ।