१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छोरीलाई विष खुवाइ हत्या गर्ने आमालाई ३ वर्ष कैद

अ+ अ-

दमौली । तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ ।

अदालतले पोखरा महानगरपालिका-२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र रु ३० हजार जरिवाना सजायको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको बुधबारको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए ।

सुष्माले विसं २०७७ माघ १९ गते दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका-२ खानीखोलास्थित न्यू लिगलिग प्यालेस एण्ड लजमा बास बस्ने क्रममा छोरीलाई विष खुवाएर आफूले समेत विष सेवन गरेको अवस्थामा होटल सञ्चालकले भेटी तत्कालै उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगेका थिए ।

उक्त घटनामा छोरी कुसुम विकको सोही दिन मृत्यु भएको थियो । सुष्माको भने उपचारपश्चात् निको भएको थियो । सो घटनामा आरोपितका पति मनोज विकले विसं २०७७ माघ २५ गते सुष्माको विरुद्ध जाहेरी दिएका थिए ।

घटना हुँदा मनोज वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका थिए । सुष्मालाई प्रहरीले विसं २०७८ साउन ३० गते पक्राउ गरेको थियो । उनी विरुद्धमा जिल्ला सरकारी वकिल कार्यालयले विसं २०७८ भदौ १६ गते जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो । सुष्मा सोही भदौ १८ गतेदेखि तनहुँ जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा थिइन् ।

प्रतिक्रिया दिनुहोस