२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा फलिँदै डेंगु

अ+ अ-

झापा । असोज पहिलो सातायता झापामा डेंगु संक्रमण फैलिँदै गएको छ । डेंगुको संक्रमणबाट अर्जुनधारा–११ की ३६ वर्षीया सुनीता अधिकारी बरालको मंगलबार मृत्यु भएपछि त्रास फैलिएको छ । बरालको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको डेंगु पोजेटिभ देखिएकाले सोही रोगका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य प्रमुख मधुसूधन कोइरालाले जानकारी दिए ।

चार सय ४१ जनामा डेंगुको संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर वेदप्रसाद घिमिरेले जानकारी दिए । जनस्वास्थ्य कार्यालयले दुई दिन लगाएर सरकारी तथा निजी अस्पताल र क्लिनिकबाट डेंगु संक्रमित बिरामीको तथ्यांक संकलन गरेको थियो । डेंगु संक्रमितमध्ये दुई सय १९ जना बिर्तामोड नगरपालिकाका छन् । बुद्धशान्ति गाउँपालिकामा १५, अर्जुनधारा गाउँपालिकामा २५, मेचीनगरमा २५ जनामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । कन्काई, दमकलगायत क्षेत्रमा पनि यो रोगको संक्रमण देखिएको छ ।

इलाम र ताप्लेजुङबाट पनि डेंगुका संक्रमित उपचारका लागि बिर्तामोड आउने गरेको भेक्टर कन्ट्रोलर घिमिरेले जानकारी दिए । डेंगुको प्रकोप फैलिएपछि बिर्तामोड नगरपालिकाले सबै वडामा तत्काल नियन्त्रण अभियान सुरु गर्न वडाध्यक्षको नेतृत्वमा टोली परिचालन गरेको छ । प्रकोप नियन्त्रणका लागि नगरपालिकाले पर्चा वितरण, माइकिङ, औषधि छिट्ने र बजार छेउछाउ राखिएका पुराना टायर नष्ट गर्न थालेको मेयर धुर्वकुमार शिवाकोटीले जानकारी दिए ।

संक्रमितको संख्या बढ्दै गएपछि सरोकारवाला पक्ष पनि प्रभावित क्षेत्रमा खटिन थालेका छन् । बिहीबारदेखि स्वास्थ्यकर्मीसहितको टोलीले ‘स्कुल हेल्थ’ कार्यक्रम सञ्चालन गर्ने जनस्वास्थ्य प्रमुख मधुसूदन कोइरालाले जानकारी दिए । अहिले पनि डेंगु सार्ने लामखुट्टे पाइने सम्भावित स्थानमा ‘सर्च एन्ड डेस्ट्रोई’को काम भइरहेको छ ।

डेंगुको संक्रमण दमक, अर्जुनधारा, कन्काई, मेचीनगरलगायत नगरपालिकामा फैलिएको छ । बिर्तामोड नगरपालिका धेरै प्रभावित छ । रोग फैलिने क्रम तीव्र भएपछि सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । केही बिरामी रगतमा प्लेटलेट्सको मात्रा घटेर अझै अस्पतालमै छन् । केहीको भारतको सिलिगुडीस्थित विभिन्न नर्सिङ होममा उपचार भइरहेको छ । डेंगु संक्रमण भई उपचार गराउँदा १५ पोका रगत चढाउनुपरेको अनुभव सुनाउँदै बिर्तामोडका डेंगु संक्रमित बिरु दर्नालले भने, ‘पहिला अलि–अलि ज्वरो आयो । पछि एक्कासि रगतमा प्लेटलेट्सको मात्रा घट्दै गएर २९ हजारमा आइपुग्यो । त्यसपछि मलाई आईसीयूमा राखेर रगत चढाउनुपर्‍यो ।’

एडिज एजिप्टाई लामखुट्टेको टोकाइले एक व्यक्तिबाट अर्कोमा सर्ने डेंगु भाइरसको संक्रमण १० महिनायता देशभर आठ सय ५४ जनामा भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले जानकारी दिए । यसपटक मनसुन ढिलो सकिने भई जताततै पानी जमेकाले डेंगु संक्रमण केही दिन लम्बिन सक्ने उनको भनाइ छ ।

ज्वरो आएको अवस्थामा सामान्य औषधि पसलमा गएर औषधि खाए डेंगु संक्रमणले ज्यानै लिन सक्ने स्वास्थ्यकर्मी बताउँछन् । जिल्ला जनस्वास्थ्य प्रमुख कोइरालाका अनुसार ज्वरो आएका बेला सिटामोल मात्र खान मिल्छ । अन्य औषधि सेवन गरेको खण्डमा शरीरको अन्य भागबाट रक्तस्र्राव हुने सम्भावना हुन्छ । डेंगुका बिरामीले झोल खानेकुरा प्रशस्त खानुपर्ने र आराम गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments