२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकीमा दूध,मासु र अण्डा उत्पादन घट्यो

अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशमा पशुपक्षीजन्य उत्पादनमा ह्रास आएको छ। पछिल्लो दुई आर्थिक वर्षको तुलनामा दूध, मासु र अण्डाको उत्पादन घटेको हो।

आव २०७८/७९ मा दुई लाख ८२ हजार एक सय ८६ मेट्रिक टन दूध उत्पादन भएकामा गत आवमा दुई लाख ६४ हजार आठ सय ४९ मेट्रिक टनमात्रै उत्पादन भएको छ। जुन छ दशमलव १४ प्रतिशतले कमी हो।

मासुको उत्पादनमा पनि आठ दशमलव ४७ प्रतिशतले कमी आएको छ। आव २०७८/७९ मा ६२ हजार दुई सय ६० मेट्रिक टन उत्पादन भएकामा गत आवमा जम्मा ५६ हजार नौ सय ८७ मेट्रिक टन मासु उत्पादन भएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आव २०७८/७९ मा ३४ करोड ३७ लाख गोटा अण्डा उत्पादन भएको थियो। गत आवमा त्यो सङ्ख्या घटेर २४ करोड ५० लाख गोटामा सीमित भएको मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेले जानकारी दिए। अण्डा उत्पादनमा एकै वर्षमा २८ दशमलव ७२ प्रतिशतले गिरावाट आएको उनको भनाइ छ।

‘दानाको मूल्यवृद्धि र चल्लाको उपलब्धतामा कमी आएका कारण अण्डाको उत्पादन घटेको हो’, डा न्यौपानले भने, ‘गाईभैँसीमा फैलिएको लम्पी स्किनका रोगको प्रकोपका कारण दूध उत्पादनमा कमी आएको हो, यो रोग छिट्टै नियन्त्रणमा आउन नसके यसवर्ष पनि दूध उत्पादनमा असर गर्न सक्छ।’ उक्त रोग नियन्त्रणका लागि प्रदेश सरकार, स्थानीय तह र किसान आफैले पनि खोप अभियान सञ्चालन गरिरहेका छन्। उक्त रोगको सङ्क्रमणका कारण गण्डकी प्रदेशमा हालसम्म तीन हजार दुई सय ४७ गाईवस्तु मरेका छन् भने ३१ हजार तीन सय पाँच निको भएका छन्। ३८ हजार पाँच सय ३६ गाईभैँसी अहिले पनि सङ्क्रमित अवस्थामा छन्।

गत आवमा अफ्रिकन स्वाइन फ्लुका कारण ठूलो सङ्ख्यामा बङ्गुर मरेका कारण पनि मासुजन्य उत्पादनमा ह्रास आएको डा न्यौपानले बताए। ‘गत आवमा १८ हजार २० बङ्गुर मर्दा झण्डै रु २४ करोडको क्षति भएको हाम्रो अनुमान छ’, उनले भने, ‘अहिले अफ्रिकन स्वाइल फ्लु नियन्त्रणमा आइसकेको छ।’ उक्त रोगबाट प्रदेशभित्र २२ हजार ६६ बङ्गुर सङ्क्रित भएका थिए।

संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मापदण्डअनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा भने गण्डकी प्रदेश पशुजन्य उत्पादनमा आत्मनिर्भर बनेको छ। मापदण्डअनुसार एक व्यक्तिलाई प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा आव २०७८/७९ मा एक सय १७ र गत आवमा एक सय १० लिटर दूध उपलब्ध भएको पाइएको छ।

एक वर्षमा एक व्यक्तिलाई न्यूनतम १४ किलो मासु चाहिनेमा आव २०७८र७९ मा २६ किलो र गत आवमा २४ किलो उपलब्ध भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। वर्षमा एक व्यक्तिलाई न्यूनतम ४८ गोटा अण्डा आवश्यकता पर्नेमा आव २०७८र७९ मा एक सय ४३ र गत आवमा एक सय एक गोटा अण्डा उपलब्ध भएको  देखिन्छ।

वर्षमा एक व्यक्तिलाई एक सय ५० लिटर दूध उपलब्ध गराउने प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको लक्ष्य भने अझै पूरा हुनसकेको छैन। मासु २० किलो र अण्डा ६० गोटा पु¥याउने उक्त योजनाको लक्ष्य भने पूरा भएको पाइएको छ।