काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरी सर्वसाधारणका लागि उक्त आईपीओ जारी गरेको हो । कम्पनीले सर्वसाधारणका लागि सात लाख १२ हजार २२० कित्ता सेयर प्रतिकित्ता ११६ रुपैयाँमा निष्कासन गरेको हो ।
आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताका लागि भदौ ८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने भदौ १९ गतेसम्म खुला रहनेछ ।







