२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी सरकारविरुद्धको रिट न्यायाधीश चुँडाल, सुवेदी र मल्लको पूर्ण इजलासमा

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका सरकार विरुद्ध परेको रिट आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

कोशीका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट असंवैधानिक रूपमा लिएको विश्वासको मत लिएको भन्दै दायर भएको रिटमा आजको न्यायाधीशहरू कुमार चुँडाल, नहकुल सुवेदी र सपना मल्ल प्रधानको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । पूर्ण इजलासमा एउटा मात्र मुद्दा रहेको छ।

मुख्यमन्त्री थापाले भदौ ४ गते सभाको अध्यक्षता गरेका इस्राइन मन्सुरीलाई समेत मत हाल्न लगाएर जबरजस्ती विश्वासको मत लिएको भन्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सभामुखको भूमिकामा रहेका व्यक्तिले बराबर भएको अवस्थामा बाहेक अन्य अवस्थामा मतदान गर्न नमिल्ने दाबी कार्कीले रिटमा गरेका छन्। मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा ४६ सांसद मात्र हुने भएपछि ४७ सदस्य पुर्‍याउन प्रदेशसभाको अध्यक्षता गरिरहेका मन्सुरीले मतदान गरेका थिए।

उक्त रिटमा गत भदौ ७ गते प्रारम्भिक सुनुवाइ गर्दै अदालतले प्रदेशसभाको अध्यक्षता गर्ने व्यक्तिले विश्वासको मत दिनु संविधान, संसदीय अभ्यास, संवैधानिक नैतिकता र सर्वोच्चले यसअघि प्रतिपादन गरेको सिद्धान्त विपरीत भएको ठहर गरेको थियो। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश पनि दिएको थियो।