काठमाडौँ । नेपाली काँग्रेसले ‘प्रथम बिपी साहित्य महोत्सव’ आयोजना गर्ने भएको छ।
भोलि (आइतबार) देखि तीन दिन सम्म ललितपुर सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा महोत्सवको आयोजना गर्न लागेको हो।
उक्त महोत्सवको उद्घाटन काँग्रेस सभापति शेरबहादुर देउवाले आइतबार बिहान ११ बजे गर्ने तय छ। आइतबार, सोमबार र मङ्गलवार यो महोत्सव बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म चल्नेछ।







