२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीपी प्रतिष्ठान प्रशासन र कर्मचारीबीच सहमति, आन्दोलन स्थगित 

अ+ अ-

काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रशासन र कर्मचारी कल्याण समाजबिच सहमति भएपछि आन्दोलन स्थगित भएको छ।

लोक सेवा आयोगको निर्देशन विपरीत प्रतिष्ठान प्रशासनले २०७९ पुस २० मा आन्तरिक बढुवाको प्रक्रिया अघि बढाएपछि विवाद उत्पन्न भएको थियो। 

संविधान र कानूनी व्यवस्था विपरीत आन्तरिक बढुवा प्रक्रिया अघि बढाइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेपछि प्रक्रिया स्थगित गरिएको थियो।

स्थगित भएको आन्तरिक बढुवा प्रक्रिया अघि बढाउन माग गर्दै प्रतिष्ठानको कर्मचारी कल्याण समाज र शिक्षक कल्याण समाज आन्दोलनमा उत्रिएका थिए। कानून विपरीत बढुवा प्रक्रिया अघि बढाउन माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षक तथा कर्मचारीसँग प्रतिष्ठान प्रशासनले रोकिएको बढुवा प्रक्रिया लोक सेवा आयोग र सरोकारवाला निकायसँग सहमति लिएर एक महीनाभित्र अघि बढाउने सहमति गरेको छ।

त्यस्तै, शिक्षक तथा कर्मचारीको २०७८ सालको खाइपाइ आएको दुई हजार भत्तालाई तलबमा समायोजन गरिनेछ। त्यसमा आर्थिक वर्ष २०७९–८० मा १५ प्रतिशत वृद्धि तलब रकम थपेर आगामी सञ्चालक परिषद् (सिनेट) बैठकबाट निर्णय गरेर बजेट उपलब्धताको आधारमा वितरण गर्दै जाने पनि सहमति भएको छ।

त्यसैगरी शिक्षक तथा कर्मचारीको तलब वृद्धि सम्बन्धमा प्रक्रिया अनुसार पछि समायोजन गर्ने गरी हाल प्रतिष्ठानको तलब स्केल २३ हजार रुपैयाँसम्म भएका कर्मचारीलाई २०८० साउनदेखि आधारभूत तलब १५ प्रतिशत हुन आउने रकम निर्वाह भत्ता स्वरूप उपलब्ध गराउने र २३ हजारभन्दा माथि तलब भएकाहरूको हकमा बजेटको उपलब्धताको आधारमा क्रमशः वितरण गर्दै जाने पनि सहमति भएको छ।

यस्तै, करार सेवामा तीन वर्षभन्दा बढी कार्य गरेका प्रशासनिक, प्राविधिक तथा अन्य कर्मचारीलाई प्रतिष्ठानले तय गरेअनुसार, परफरमेन्स करार सेवा अन्तर्गत नियुक्त गर्ने पनि सहमति भएको छ।