२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धन सरकारप्रति युवाहरूको आशा मरिसक्यो : गोकर्ण विष्ट

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले गठबन्धन सरकारप्रति युवाहरूको आशा मरेको बताएका छन्। गठबन्धन सरकारप्रति आशा मरेकै कारण युवाहरू देश छाडेर टाढा टाढा गइरहेको उनको टिप्पणी थियो।

नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले भने ‘गठबन्धन सरकारप्रति युवाहरूको आशा मरेको छ। त्यही भएर युवाहरू दिनहुँ लामबद्ध हुँदै देश छाडेर टाढा टाढा गइरहेका छन्।’

सचिव विष्टले गठबन्धन सरकार रेडियो टेलिभिजनमा मात्र देखिएको टिप्पणीसमेत गरे। ‘सरकार रेडियो टेलिभिजनमा मात्र देखिएको छ, नत्र अन्यत्र देखिएको छैन। युवाहरूको आशा भरोसामा, बेरोजगारीले, मजदुरले, उत्पीडित समुदायले सरकार देख्न सकेका छैनन्।’

सचिव विष्टले भोका नाङ्गाप्रति सरकार उदासीन बनेको आरोप लगाए। ‘सरकार राष्ट्रिय समस्याप्रतिपनि उदासीन छ’, उनले भने, ‘यो सरकारको अगाडि गुनासो गर्नु भनेको भैँसीको अगाडि बाँसुरी बजाएजस्तै हो। जति बजाएपनि केही फरक पर्दैन।’

अधिवेशनको उद्घाटनअघि एमालेले पोखराका विभिन्न चार स्थानबाट र्‍याली निकालेको थियो। पोखराको हस्पिटल चोक, औद्योगिक क्षेत्रस्थित शिवचोक, बुद्धचोक र पृथ्वीचोकस्थित पोखरा बसपार्कबाट निस्केको र्‍याली अमरसिंचौरमा पुगेर उद्घाटन सभामा परिणत भएको थियो।

सोमबारदेखि पोखरामा सुरु भएको एमाले गण्डकीको अधिवेशन भोलिसम्म चल्नेछ। अधिवेशनको दोस्रो दिन बन्द सत्र चल्ने जनाइएको छ। जसले नयाँ नेतृत्वसमेत चयन गर्नेछ। नेतृत्वका लागि सर्वसम्मतको प्रयास भइरहेको बताइएको छ।