२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानसिक स्वास्थ्यसँग जोडिएका अन्धविश्वास र लाल्छना न्यूनीकरण गर्न आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक स्वास्थ्य सँग जोडिएका अज्ञानता अन्धविश्वास लाल्छना न्यूनीकरण गर्न आवश्यक भएको बताएका छन् ।

मंगलबार विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा उनले समावेश समानता मूलक समाज निर्माणका लागि मानसिक विराम भएका मानिसमाथि लाल्छना र भेदभावलाई मर्यादित र सम्बोधन गर्नुपर्ने बताए ।

उनले भने,‘समाजमा व्याप्त गरिबी, जातीय लैङ्गिक भेदभाव अपेक्षा अनुरूपको जीवन शैली बाँच्न नसक्नु सांस्कृतिक रूपमा अराजकता बढ्दै जानु जस्ता समस्याले मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव परिरहेको छ । यस्ता प्रचलनहरू अन्यायपूर्ण र संविधान प्रद्धत मौलिक अधिकार विरुद्ध छ । त्यसैले मानसिक स्वास्थ्य सँग जोडिएका अज्ञानता अन्धविश्वास लाल्छनाहरुलाई न्यूनीकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउन जरुरी छ । ’

मानसिक स्वास्थ्य समस्याले दैनिक १९ जनाले ज्यान गुमाउनु परेको दुखद अवस्था भएको उनको भनाई छ ।

हरेक वर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि मूलक कार्यक्रम गरी मनाइँदै छ ।