२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अकुत सम्पत्ति कमाएकाको अरु कसुर नभेटिए करछलीमा अनुसन्धान गरिने

अ+ अ-

काठमाडौँ । कुनै पनि नागरिकको स्रोत नखुलेको र अस्वाभाविक सम्पत्ति देखिएर अरु कसुर नभेटिएमा करछली सम्बन्धी विषयमा अनुसन्धान हुने भएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को संशोधन विधेयकमाथिको छलफलका क्रममा संसदको कानून, न्याय तथा मानव अधिकार समितिले यस्तो परिकल्पना गरेको हो ।

समितिले तयार पारेको विधेयको मस्यौदा प्रतिवेदन अनुसार, अस्वभाविक सम्पत्ति भेटिएको तर कुनै कसुर नभेटिएको व्यक्तिको हकमा आय अनुगमन र कर छलीको विषयमा अनुसन्धान गर्न आन्तरिक राजस्व विभागमा पठाउनुपर्ने व्यवस्था छ । त्यसरी प्रतिवेदन आएपछि विभागले उक्त व्यक्तिमाथि करसम्बन्धी कसुर गरे/नगरेको यकिन गर्नुपर्नेछ ।

यकिन भइसकेपछि कर छलेको भए अनुसन्धान गरी कारबाही अघि बढ्नेछ भने कर छलेको नभेटिएमा अस्वभाविक रूपमा देखिएको सम्पत्तिलाई त्यो वर्षको आय मानेर कर निर्धारण गर्नुपर्नेछ ।

कर निर्धारणका क्रममा उसलाई ‘आफूले कुनै कसुर गरी सम्पत्ति प्राप्त गरेको होइन’ भनी स्वघोषणा गर्न लगाउनुपर्ने उल्लेख छ ।

विधेयकमा यो व्यवस्था भने समितिमा दफावार छलफलपछि थपिएको हो । घोषणा गरेर कर बुझाइसकेपछि उसको सम्पत्ति वैद्य नै मानिन्छ, तर पछि कुनै कसुर गरेको फेला परेमा फेरि सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धान हुने व्यवस्था मंगलबार पारित भएको प्रतिवेदनमा उल्लेख छ ।